११ कार्तिक २०८३, बुधबार

निवास छाडेर प्रधानमन्त्री ओली तीन दिनदेखि होटेलमा बास

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमामाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखि होटल सोल्टीमै बस्दै आएका छन् ।

‘प्रधानमन्त्री एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु आपत्तिजनक हो’, एक कुटनीतिज्ञले टिप्पणी गरे, ‘यसले वाह्य जगतमा नेपालको बचेखुचेको साख पनि ध्वस्त पारेको छ ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले भने आउने जाने समय बचाउन, सवारी आवागमनमा बाधा नपार्न र अधिकतम देशका नेतालाई भेट्न प्रधानमन्त्री सोल्टीमै बसेको बताए ।