१ कार्तिक २०८३, शनिबार

कोरम नपुगेपछि टेक्सासमा नेपाली समाजको कार्यक्रम रद्द

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस । अमेरिकामा आइतबार राखिएको नेपाली समाज टेक्ससको साधारण सभा कोरम नपुगेर स्थगित भएको छ । कोरम नपुगेकोले सात दिन अगावै सूचना दिएर फेरि अर्को साधारण सभा हुने भएको छ ।

आइतबार ११ बजे नेपाली समाजको साधारण सभा राखिएको थियो । विधानतः ५१ प्रतिशत सदस्यहरूको उपस्थिती नभएपछि साधारण सभा स्थगित भएको महासचिव भक्त भण्डारीले जानकारी दिए ।

नेपाली समाज टेक्ससमा झण्डै एकहजार ८ सय सदस्य छन् । साधारण सभाको गणपुरक संख्या पुग्नका लागि ९ सय भन्दा बढीको उपस्थिती हुनुपर्छ । आइतबार कोरम नपुगेपछि अब सात दिनको समय दिएर फेरि साधारण सभा आव्हान गरिने भण्डारीले बताए ।

अब साधारण सभाको अर्को मिति घोषणा हुन्छ । सात दिनको समय दिएर अर्को साधारण सभा आव्हान गर्नुपर्ने विधानको प्रावधान छ । दोस्रो पटक बोलाइएको साधारण सभामा भने जति सदस्य उपस्थित भएपनि कोरम पुगेको मानिनेछ ।