ब्युनस आयर्स, अर्जेन्टिना, १५ मंसिर । शुक्रबार यूरोपेली संघ (इयू)ले मस्कोको यूक्रेनमाथिको आक्रोस यही अवस्थामा रहेमा इयूले आगामी महिना (डिसेक्बर)मा रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने इयू प्रमुख डोनाल्ड टस्कले शुक्रबार बताएको छ ।
टस्कले जी–ट्वान्टी शिखर सम्मेलन सुरु हुनुपूर्व अजेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘अजोभ समूद्र क्षेत्रको विवादप्रति इयूको ध्यानाकर्षण भएको छ । रूसले यूक्रेनी जहाजमाथि बल प्रयोग गरेको इयूलाई स्वीकार्य छैन ।’
‘यूक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच आउनेगरी रूसले गर्ने गतिविधिप्रति सम्वेदनशील बन्दै यूरोप एकतावद्ध रहनेछ । त्यसैले म विश्वस्त छु आगामी डिसेम्बमा रूसविरूद्ध थप प्रतिबन्ध लगाउने निर्णय लिन सक्छ’, आयर्सले भनेका छन् ।















प्रतिक्रिया