२८ आश्विन २०८३, बुधबार

दूषित पानी बेच्ने १६ उद्योगलाई उन्मुक्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jar Ko Paniकाठमाडौं । सरकारले गुणस्तरहीन खानेपानी उत्पादन र बिक्री गर्ने १६ वटा उद्योगलाई उन्मुक्ति दिँदै आएको छ। कृषि विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मानव स्वास्थ्यका लागि हानिकारक पानी उत्पादन गरेको अभियोगमा दोषी देखिएका यी उद्योगलाई मुद्दा दर्ता नगरी उन्मुक्ति दिएको हो।

विभागले आर्थिक वर्ष २०६९/७० मा अत्यधिक परिमाणमा ‘इकोलिफर्म र कोलिफर्मु भेटिएको भन्दै ‘दोषीु ठहर गरेका उद्योगमाथि कारबाही गरेको छैन। विभागले गत साउनमा पत्रकारसम्मेलन गरी राजधानीसहित विभिन्न जिल्लाका २८ वटा उद्योगले उत्पादन गरेको प्रशोधित पानी ‘दूषित’ भेटिएको भन्दै मुद्दा दायर गर्ने जनाएको थियो।

विभागले त्यतिबेला तेज फ्रुट एन्ड बेभरेजको पायामोन, एक्वा इनर्जीको आक्वा इनर्जी, एभरेस्ट बेभरेजको माउन्टेन आइस, ब्लु पाइन मिनरल वाटरको आक्वा एस, सगुन बेभरेजको आक्वा हाइटेक, कृष्ण बेभरेजको गुड डे, आक्वा वागद्वार फ्रेस मिनरल वाटरको वागद्वार फ्रेस वाटर, कागेश्वर मिनरल वाटरको सुन्दरीजल, क्वालिटी खानेपानीको आक्वा निर्मल, गोरखा बेभरेजको गेट अप र प्रकृति प्योर ड्रिंकिङ वाटरको आक्वा प्लस ब्रान्डका पानी पिउन अयोग्य रहेको भन्दै नाम सार्वजनिक गरेको थियो।

यस्तै खानेपानी सेवा कम्पनीको आक्वा निर्मल, नेपो मिनरल वाटरको नेपो, जीआर ड्रिंक्सको आक्वा फ्रेस, जयशम्भु बेभरेजको आक्वा व्राइट, ओके मिनरल वाटरको ओके, नेचुरल ड्रिंक्स वाटरको आक्वा सेभेन, केएमडी बेभरेजको भूमि, ग्लोबल फ्रुट बेभरेजको साइनो, यती बेभरेजको यती, इच्छाकामना खानेपानी इन्डस्ट्रिजको इच्छा र अन्नपूर्ण स्प्रिङ एन्ड बेभरेजको वेभ ब्रान्डका जार र बोतलका पानी पनि गुणस्तरहीन भएको विभागले जनाएको थियो।

यसैगरी श्रीकृष्ण बेभरेज, शीतल जल उद्योग, क्रि स्टल ड्रिंक्स एन्ड बेभरेज, चण्डेश्वरी मिनरल वाटर र सांग्रिला प्यासिफिकले उत्पादन गरेको पानी पनि पिउनयोग्य नभएको भन्दै नाम सार्वजनिक गरिएको थियो। अन्नपूर्ण दैनिकबाट