काठमाडौं । ‘ड्रिम गर्ल’ले दोस्रो हप्तामा पाइला टेकेको छ । राजधानीसहित देशभरिका अधिकांश हलहरूमा रिलिज भएको ‘ड्रिम गर्ल’ले राम्रो व्यापार गरेको छ ।
राजधानीका मल्टिप्लेक्स हलहरूमा ‘ड्रिम गर्ल’ रिलिज भएको थियो । फिल्मले अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको निर्देशक ऋषिराज आचार्यले बताएका छन् ।
फिल्मले पाएको राम्रो प्रतिक्रिया र समीक्षाबाट निर्देशक आचार्य खुसी छन् । ‘उपत्यका बाहिरका हलमा पनि पगेको थिएँ’, उनले भने, ‘दर्शकहरूले फिल्मको कथा, निर्माण पक्ष र इण्डिङ मन पराइदिनु भएको छ ।’
‘ड्रिम गर्ल’ राजधानीका ‘क्युएफएक्स’ हलहरूमा लागेको रहनेछ किन हो ? भनेर सोधिएको प्रश्नमा निर्देशक आचार्यले भने, ‘हामीले त उहाँहरूलाई फिल्म लगाउनै भनेका हौँ । आग्रह गरिएको हो । खै उहाँहरूले किन लगाउनु भएन । ‘क्युएफएक्स’ हलहरूलाई ध्यनमा राखेर ‘ड्रिम गर्ल’ बनाएका थियौँ ।’
फिल्म दोस्रो हप्तामा चलेकोप्रति पनि निर्देशक आचार्यले खुसी व्यक्त गरेका छन् । ‘फिल्म दोस्रो हप्तामा चल्न शुरु गरेको छ’, उनले भने, ‘खुसी छौँ ।’
‘ड्रिम गर्ल’लाई प्रेमकथामा निर्माण गरिएको छ । फिल्मको कथा र निर्माण स्वयं निर्देशन आचार्यले गरेका हुन् । ‘ड्रिम गर्ल’ पूर्ण मनोरञ्जनात्मक फिल्म रहेको निर्देशक आचार्यले बताए । फिल्मले दर्शकलाई मनोरञ्जन दिने निर्देशक आचार्यको दाबी छ ।
फिल्ममा दुई करोडभन्दा बढी लगानी लागेको छ । ‘ड्रिम गर्ल’का गीतहरू उत्कृष्ट बनेका छन् । युट्युवमा गीतले राम्रो भ्यू पाएका छन् ।
फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।















प्रतिक्रिया