५ कार्तिक २०८३, बिहिबार

डिभोर्सपछि पुनः पलायो यी दुईको माया

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका अभिनेता ऋतिक रोशन र सुजैनवीच डिभोर्स भएको ४ वर्ष भयो । नायिका कंगना रनावतको प्रेममा परेका कारण ऋतिक र सुजैनको डिभोर्स भएको थियो । डिभोर्स भएको ४ वर्षपछि यी दुईको माया पुनः पलाएको छ ।

यी दुई आफ्ना २ छोराको साथमा छुट्टी मनाउन बढी व्यस्त भएको पाइन्छ । बलिउडमा सुजैन र ऋतिकफेरि मिल्ने चर्चा समेत चल्ने गरेको छ ।

हालै मात्र ऋतिकले एउटा भिडियो सन्देश सार्वजनिक गर्दै सुजैनप्रतिको प्रेम पोखेका छन् । उनले लेखेका छन्, ‘मेरो सबैभन्दा राम्रो साथी तथा पूर्व पत्नी सुजैन अहिले मेरो वच्चाको तस्बिर खिचिरहेकी छिन् । यो आफैमा एउटा याद गर्ने समय हो जसले हाम्रा बच्चाहरुलाई लाइन र आइडियाको यो दुनियाँमा एकैसाथ बस्नु त्यती गाह्रो काम होइन भनेर सिकाउँछ ।’

‘यहाँबाट नै एउटा यस्तो दुनियाँको सुरुवात हुन्छ, जहाँ प्रेमले सबैलाई जोडेर राखेको हुन्छ । जहाँ सबै जना बहादुर छन्’, उनले भनेका छन्, ‘स्वतन्त्र छन् र यो कुराको सुरुवात तपाइँको घरबाट सुरु हुन्छ ।’ ऋतिकले आफ्नी पूर्व पत्नी सुजैनले समुद्रको छालमा आफ्नो र २ सन्तानको तस्बिर खिचिरहेको तस्बिर शेयर गर्दै मनको कुरा व्यक्त गरेका हुन् । एजेन्सी