
काठमाडौँ । बर्दियाका गायक गेमराज गिरीले आफ्ना मामाको शब्द, संगीत रहेको टप्पा गीतलाई ‘रिमेक’ गरेका छन् ।
गिरीले ‘केरा लैजाउँ पावर, एकैनाशे गैजाउँ लाहोर’ बोलको गीतमा पश्चिमको निकै लोकप्रिय भाका टप्पा गीत लिएर बजारमा आएका हुन् ।
गेमराजले आफ्नै मामा स्वर्गीय भुपेन्द्र प्रकाश गिरीको शब्द, संगित रहेको गीतलाई रिमेक गरेर बजारमा ल्याएका हुन । यो गीतमा गेमराज स्वर गिरीको रहेको छ भने अभिनयमा अञ्जली अधिकारी र प्रकाश सपुत छन् ।
नबिन घर्तीमगरको सम्पादनमा बनेको म्युजिक भिडियोको छायाँकन करण चैसिरले गरेका हुन् भने मौसम हिमालीको निर्देशन रहेको छ ।















प्रतिक्रिया