
काठमाडौँ । पछिल्लो समय फरक फरक प्रस्तुति बजारमा ल्याएर सर्वाधिक चर्चामा रहेकी चर्चित गायिका शान्तिश्री परियार र गायक पूर्ण संयोगको फेरि अर्काे मनै छुने गीत ‘चिल गाडी’ सार्वजनिक भएको छ । गीतलाई सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
देशमाभर ब्याप्त बलात्कारको घटनमा परेकी बालिका र परदेशमा गएका नेपाली युवाको कठिन आत्मकथालाई गीतमा ब्यक्त गरिएको छ । धन कमाउन गएका नेपाली दाजुभाई दिदीबहिनीहरू काठको बाकसमा फर्किनु परेको, त्यतिमात्र नभएर आफनो घरमा फर्कदा परिवारका सदस्य गुमाउनु पर्दाको पीडालाई गीतमा समेटिएको छ ।
वस्तविक जीवन घटनामा आधारित गीतमा पूर्ण संयोग र लोकराज सिंहको शब्द तथा लय सिर्जनमा छ । गीतको भिडियोमा राजेश घिमिरेको छायाँकन, अमर शाक्यको सम्पादन , कपिल लामाको निर्देशन र विमल अधिकारी र सारिका केसीको अभिनय रहेको छ ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्















प्रतिक्रिया