३१ आश्विन २०८३, शनिबार

लेबनानमा बेलायती रेडियोकर्मी मृत फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेबनान, १२ मंसिर ।। लेबनानको प्रसिद्ध मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तोता रहेका एक जना बेलायती रेडियोकर्मी गाभिन फोर्ड आफ्नै घरमा मङ्गलबार मृत फेला परेका छन् ।

फर्डको मृत शरीर बेरूतबाट पूर्वमा रहेको बेइट मेरी शहरस्थित उनकै निवासमा भेटिएको थियो ।

फोर्डले काम गर्दै आएको ‘रेडियो वन’ समेत रहेको शहरमा बस्दै आएका रेडियोकर्मीको मृत्युबारे रोजगारदाता संस्थाले सामाजिक सञ्जालमा प्रेषित शोक सन्देशमा भनेको छ, ‘हाम्रा प्रिय मित्रको निधनको खबरले रेडियो परिवारलाई दुःखी बनाएको छ । हामीले उहाँसँग वर्षौंसम्म हासीखुशी विताएका पलहरूले हाम्रो स्मृतिमा उहाँ सधैँ टाढा हुनुहुने छैन ।’

प्रहरी तथा उनी कार्यरत रेडियोले मृत्युको कारण भने उल्लेख गराएका छैनन् । लेबनानको राष्ट्रिय समाचार समितिले बताएअनुसार सुरक्षा निकायले उनको मृत्युबारे अनुसन्धान अघि बढाउने कुरालाई इन्कार गरेको छैन ।

फोर्डको मृत्युको खबरपछि दुःख व्यक्त गर्दै आएका श्रद्धाञ्जलिका सन्देशहरूले सामाजिक सञ्जाल भरिएका छन् । उनलाई लेबनानीहरूले धेरै वर्षदेखिको लोकप्रिय रेडियो कार्यक्रम प्रस्तोताका रूपमा सम्झेका छन् ।