
काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मङ्गल ग्रहमा सफलतापूर्वक अन्तरिक्ष यान अवतरण गराउन सफल भएको छ ।
‘इन्साइट’ नामक अन्तरिक्षयान मंगलग्रहको धरातालमा अवतरण गरेको हो । जोखिमपूर्ण तरिकाले सो रातो ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको ‘इन्साइट’ अन्ततः धरातालसम्म पुग्न सफल भएको हो ।

अवतरण गर्नुअघि यान प्रतिघण्टा २० हजार किलोमिटरसम्मको गतिमा उडेको थियो । बिबिसीका अनुसार रोबोटजडित यानको सहायताले मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्ने योजना छ । सफल भएमा मङ्गल ग्रह पृथ्वीपछि त्यस्तो अध्ययन गरिने दोस्रो ग्रह हुनेछ ।
इन्साइट रोबोटले ग्रेनिच समयानुसार १९ः५३ बजे मङ्गल ग्रहमा अवतरण गरेको थियो । अवतरण गर्दा इन्साइट रोबोटले उद्विग्न भएर प्रतीक्षा गरिरहेका वैज्ञानिकहरूलाई शृङ्खलाबद्ध रूपमा सूचना पठाएको विविसीले उल्लेख गरेको छ ।
मङ्गल ग्रहमा इन्साइटले सफलतापूर्वक अवतरण गरेपछि नासाका वैज्ञानिकहरुमा अर्षोल्लास छाएको छ । उनीहरु क्यालिफोर्नियास्थित नासाको प्रयोगशालामा खुशी साटासाट गरेका थिए ।
















प्रतिक्रिया