११ कार्तिक २०८३, बुधबार

निरू पाल प्रकरण अनुसन्धान नै बेपत्ता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । गत १५ साउनमा काठमाडौंको अनामनगर बानेश्वर क्षेत्रमा एउटा सामान्य तर राष्ट्रिय महत्व राख्ने घटना सार्वजनिक भयो । १६ साउनमा सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीको प्रधानन्याधीश नियुक्तिका लागि सुनुवाई समितिको बैठक बस्दै थियो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

त्यो बैठक अलि ढिलो गरी शुरू भएपछि सो समितिकी एक सदस्य निरू पालले आफूमाथि आक्रमणको प्रयास भएको बताइन् । बैठकमा दीपकराज जोशीलाई प्रधानन्याधीश हुनबाट रोके जे पनि हुनसक्छ भनेर आफूलाई छातीमा पेस्तोल ताकेको मोवाइलसमेत लुटेको कुरा पालले सार्वजनिक गरीन् ।

त्यो सुनेर समितिका सबै सदस्यहरू अचम्मित भए । त्यही कारण समितिका सबै सदस्यहरूलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा प्रयोजनका लागि प्रहरी समेत खटायो । सो घटना लगत्तै प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न निर्देशन दिएपछि तत्कालिन परिसर प्रमुख विश्वराज पोखरेलले प्रहरी उपरीक्षक रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति गठन ग-यो ।

समितिमा महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द काफ्ले र महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रहरी निरीक्षक सुरेन्द्र केसी थिए । प्रहरी परिसर काठमाडौंले निरू पालमाथि भएको भनिएको आक्रमणबारे अनुसन्धान गर्न समिति गठन गरेको अहिले चार महिना पुग्न लाग्यो । छानबिन समितिले काम शुरू गरेपछि करीब १०० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । कुनै ‘सुराक’ फेला नपरेपछि नियन्त्रणमा लिइएका सबै जना रिहा भएका थिए ।

तर घटनाको वास्तविक तथ्य बाहिर आउन सकेको छैन । परिसरमा अहिले त्यसको चर्चा पनि हुन छाडेको छ । अनुसन्धान समितिका संयोजक जोशीको सरूवा भैसकेको छ । उनको स्थानमा एसपी अशोक सिंह आएका छन् ।

कहिलेकाँही अपराध महाशाखामा पनि यसको चर्चा भए पनि प्रहरीले परिसरबाटै अनुसन्धानको फाइल बन्द गराउने तयारी गरेको स्रोतको दाबी छ । पालको मोवाइल लुटिनु, उनीमाथि पेस्तोल ताकिनु जस्ता कारणहरू भए पनि प्ररहीले न त पाललाई बोलाएर सोधपुछ गरेको छ न त पालले नै आफूमाथि आक्रमण भयो भनेर प्रहरीमा लिखित उजुरी गरेकी छिन् ।

अहिले अनुसन्धानको विषय गौण बनिरहेको छ । सत्तारूढ दलकै सांसदमाथि अक्रमण भएको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको भए पनि यतिबेला प्रहरीको निकष्र्ष त्यो घट्ना फेक थियो भन्ने छ । प्रहरीलाई दुःख दिनेहरूलाई कारवाही गरेका कयौ रेकर्ड छन् । पालमाथिको आक्रमणको बारेमा गृहमन्त्रालय परिसर काठमाडौ मौन देखिएको छ । हरेक अनुसन्धानमा प्रहरीको सुक्ष्म विष्लेषण हुन्छ । पाल घट्नामा प्रहरी अधिकारीहरू समेत शुरूमै विभाजित भएका थिए ।

जोशीले यसलाई समान्यकरण गर्दे लैजानुपर्ने मत राखेर अनुसन्धानको जरो नै पत्ता नलगाई सरूवा भए । उनी आफ्नो सरूवा कहिले होला भनेर दिनगन्ती गरेर बसेको अवस्था प्रहरी प्रधानकार्यालयमा सरूवा भएको थियो ।

उनी सरूवा भए पनि वानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्ले र प्रहरी नीरिक्षक सुरेन्द्र केसीबीच यो विषयमा एक पटक पनि छलफल भएको छैन । प्रहरी चाहन्छ यो घट्ना यत्तिकै सामसुम होस तर सांसद भएकाले उनीमाथि आकमण भएको हो कि होइन वा पालले फण्डा गरिन् भन्नेबारेमा सार्वजनिक चासो र सरोकारको विषय बनेको छ ।

सुरक्षा थ्रेट भएको महशुस गर्दे प्रहरी प्रधान कार्यालयले पठाएको पिएसओ समेत आफू विदेश जानु परेकाले भन्दै तीन दिनमै फिर्ता गरेकी थिइन् । अनुसन्धानमा खटिएको प्रहरीले पनि यस बिषयमा थप केही सार्वजनिक गरेको छैन ।