३१ आश्विन २०८३, शनिबार

मेक्सीकोको सिमा क्षेत्रबाट ४२ आप्रवासी पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ११ मंसिर । अमेरिकी सिमा सुरक्षाबलले मेक्सीकोसँगको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको छ ।

सिमा सुरक्षाबलका प्रमुख रोड्नी स्कटले सोमबार दिएको जानकारी अनुसार सिमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको हो ।

‘सिमाना नाघेर अमेरिका प्रवेश गरेका ४२ जनालाई नियन्त्रणमा लिइएको छ,’ स्कटले सान डेगो सेक्टर वोर्डरमा सिएनएनसँग भने ।

उनले पक्राउ परेकामध्ये अधिकांश पुरुष रहेको पनि जानकारी दिए । अमेरिका र मेक्सिकोको सीमाक्षेत्रमा विगत लामो समयदेखि आप्रवासीसम्वन्धी विवाद हुदै आएको छ ।