३१ आश्विन २०८३, शनिबार

मुम्बई आक्रमण बारे सूचना दिनेलाई ५० लाख डलरको घोषणा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । सन् २००८ मा भारतको मुम्बईमा भएको आक्रमणमा सहभागी आतंककारी तथा योजनाकारको बारेमा सूचना दिनेलाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने अमेरिकाले घोषणा गरेको छ ।

लश्कर–ए–तैयबासँग जोडिएका पाकिस्तानका १० जना आतंकारीको समूहले सन् २००८ को नोभेम्बर ११ मा गरेको आक्रमणमा ६ अमेरिकी नागरिकसहित १६६ जनाको मृत्यु भएको थियो ।

द टाइम्स अफ् इन्डियाका अनुसार अमेरिकी विदेश मन्त्रालयले मुम्बई आक्रमणमा संलग्न आंतककारीका बारेमा सूचना दिनका लागि इमेल र फोन नम्बर सार्वजनिक गरेको छ । आक्रमणकारीका बारेमा अमेरिकी दूतावासमा गएर जानकारी दिन सकिने जनाइएको छ । –एजेन्सी