३० आश्विन २०८३, शुक्रबार

नेम्वाङको प्रक्रिया खारेज नभए कहिल्यै संविधान आउदैनः डा. भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiकाठमाडौँ, १५ माघ । सहमती विनै संविधान लाद्न खोजिएको बताउदै एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले अघि सारेको प्रक्रिया खारेज नभए संविधान नबन्ने बताउनुभएको छ ।

सत्तारुढ दलले विगतको सहमति तथा सम्झौतालाई पूर्णतः कार्यान्वयन गर्ने अवस्था निर्माण नहुँदासम्म वार्ता र संवादको प्रक्रिया अगाडि नबढ्ने र त्यसले संविधान नआउने अवस्था सिर्जना हुने नेता डा. भटट्राईको भनाई थियो ।

संविधान लेखन प्रक्रिया प्रमुख दलहरुबीच भएको १२ बुँदे सम्झौता, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएका सहमतिको उच्चतम रुप भएको उल्लेख गर्दै उहाँले जबर्जस्ती गर्ने प्रक्रियाले मुलुकको राजनीति अगाडि नबढ्ने समेत बताउनुभयो ।

एमाओवादी केन्द्रीय कार्यालयमा विहीवार रिपोटर्स क्लबको ज्ञापनपत्र बुझ्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सभापतिसमेत रहनुभएका उहाँले माघ ११ गते संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले चाल्नुभएको गलत प्रक्रियाको खारेज नहुँदासम्म संवाद अगाडि बढ्न नसक्ने बताउनुभयो ।

सहमतिको प्रक्रिया सुरु नभएसम्म आफूहरु संविधानसभा र व्यवस्थापिका–संसद्को कुनै पनि समितिका बैठकमा सहभागी नहुने धारणा राख्दै उहाँले फागुन १६ गतेसम्म घोषित रुपमै सहभागी नहुने निर्णय भएको जानकारी दिनुभयो ।

कस्तो अवस्थामा दलहरुबीच पुनः संवाद हुन सक्छ त भन्ने प्रश्नमा नेता डा भट्टराईले भन्नुभयो – “प्रक्रिया नरोकेसम्म सार्थक वार्ता हुन सक्दैन, यही माघ ११ गते सभाध्यक्षले सत्तारुढ दलको प्रवक्ता बनेर अगाडि बढाएको प्रक्रिया उल्टनुपर्छ, फिर्ता लिनुपर्छ, आत्मसमर्पण गरिँदैन ।”
यसअघि संविधानसभामा भएको तोडफोड समिक्षा समेत एमाओवादीले गरेको थियो ।