काठमाडौं । फिल्म निर्देशक अमर ओलीको निर्देशनमा ‘प्यारी नक्कली’ बोलको म्युजिक भिडियोलाई सार्वजनिक भएको छ ।
ठूलो पर्दाका फिल्महरू निर्देशन गर्दै आएका ओलीले पछिल्लो पटक म्युजिक भिडियो निर्देशन गरेका हुन् । ओलीद्वारा निर्देशन गरिएको फिल्म ‘आरोप’ रिलिजको अन्तिम तयारीमा छन् ।
प्रमोद खरेलको स्वरमा रहेको ‘प्यारी नक्कली’ बोलको गीतलाई कृष्ण रोकाले संगीत दिएका छन् । गीतमा रोकाकै शब्द छन् । गीतमा एरेञ्ज विपिन आचार्यले गरेका हुन् ।
समय रहेका बेला म्युजिक भिडियोमा निर्देशन गर्ने गरेको निर्देशक ओलीले बताए । ‘गीत राम्रो थियो । समय पनि थियो’, निर्देशक ओलीले भने, ‘त्यसपछि टिम बनाएर छायाँकन गरियो ।’
म्युजिक भिडियोमा नायिका केकी अधिकारी, रविन्द र रामले अभिनय गरेका छन् । म्युजिक भिडियोका छायाँकार मुकेश हुमागाइँ हुन् । जनता डिजिटल प्रालिले म्यजिक भिडियोको पोष्ट प्रोडक्सन गरेको हो ।
















प्रतिक्रिया