५ कार्तिक २०८३, बिहिबार

भुपु र बेनुकाको स्वरमा नयाँ पप गीत, जुनी भरि सँगै जिउँला (भिडियो)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक भुपु पाण्डे र गायिका बेनुका राईको स्वरमा ‘जुनी भरि सँगै जिउँला’ बोलको गीत रिलिज भएको छ ।

गीतका प्रस्तुतकर्ता राजेश अर्याल हुन् । ‘स्मृति’ एल्वमको यो गीतलाई भुपु आफैले संगीत र एरेञ्ज गरेका हुन् । शब्द भने राजेश अर्यालले लेखेका छन् ।

आफ्ना प्रत्येक गीतमा नयाँ प्रयोग गर्दै आएका गायक भुपुले यस पटक अलिक फरक खालको पप गीत ल्याएको बताए । ‘गीतहरू गाएको छु । सबैमा केही न केही फरक दिने प्रयासमा हुन्छु’, उनले भने, ‘पप शैलीको यो गीत पनि अरु गीतहरूभन्दा केही फरक अवस्या पाइनेछ ।’

पहिलेका गीतभन्दा मेहनत र पैसा पनि धेरै खर्च भएको भुपुको भनाइ छ । ‘यो गीतमा मेहनत पनि धेरै भएको छ’, उनले भने, ‘गीत रेकर्डदेखि म्युजिक भिडियो बनाउँदासम्म पहिलाका गीतमा भन्दा धेरै खर्च भएको छ ।’

म्युजिक भिडियोमा सागर थापा र मानसी तामाङको अभिनय छ । म्युजिक भिडियोलाई निर्देशन अनिलकृष्ण मानन्धरले गरेका हुन् ।