५ कार्तिक २०८३, बिहिबार

‘ड्रिम गर्ल’ले राम्रो रेस्पोन्स पायो, निर्माण पक्ष उत्साहित

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘ड्रिम गर्ल’ शुक्रबार बिहान रिलिज भएको छ । काठमाडौंसहित देशभरिका अधिकांश फिल्म हलहरू ‘डिम गर्ल’ लागेको छ ।

शुक्रबार बिहान रिलिज भएको ‘डिम गर्ल’ले राम्रो रेस्पोन्स पाएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिए । ‘शुक्रबार बिहानदेखि सबैतिर फिल्म रिलिज भएको छ’, उनले भने, ‘सबै ठाउँको रिपोर्ट आएको छैन । प्राप्त रिपोर्टअनुसार फिल्मले दर्शकको माया पाएको छ ।’

‘ड्रिम गर्ल’लाई आचार्यले निर्देशक गरेका हुन् । ‘ड्रिम गर्ल’ राजधानीका मल्टिप्लेक्सदेखि अधिकांश हलहरूमा एक साथ लागेको छ ।

‘ड्रिम गर्ल’लाई प्रेमकथामा निर्माण गरिएको छ । फिल्मको कथा र निर्माण स्वयं निर्देशन आचार्यले गरेका हुन् । ‘ड्रिम गर्ल’ पूर्ण मनोरञ्जनात्मक फिल्म रहेको निर्देशक आचार्यले बताए । फिल्मले दर्शकलाई मनोरञ्जन दिने निर्देशक आचार्यको दाबी छ ।

फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।