३० आश्विन २०८३, शुक्रबार

प्रकाशबिना अँध्यारो खुमलटार

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विनोद ढकाल

मृत्यु जीवनको सबैभन्दा ठूलो नोक्सान होइन, सबैभन्दा ठूलो नोक्सान आफुभित्र बाँचेको कायरता हो । कतिपय चिजसँग संवेदना जोडिनुका ठूला कारण हुँदैनन्, कतिपयसँग वैमनश्यताका विशाल खाडल पनि हुँदैनन् । जोसँग चिजहरूको मिलनविन्दु भेट्टाउन सक्ने असाधारण कला छ, त्यो चिजको माया स्वभाविक हुन्छ । त्यसैले जीवनको लयमा गतिशीलहरूले मृत्यु अवश्यभावी देखेका हुन्छन् तर असामयिक होइन । माया कुनै तस्बिरमा एक अञ्जुली अविर छर्किएर पुष्टी हुँदैन । जसलाई मन र भावनाको चोटले मात्र सावित गर्छ । मृत्युवरण गरेको एक बर्ष पुगेका प्रकाश दाहालबारे केही शव्द कोट्याउँदैछु । आज उनको स्वतन्त्र परिचय हुनेछ । बस, उनका लागि खसेका आँसु उनका सम्बन्धका आधारपात्र मात्र हुनेछन् । प्रकाश प्रधान हुनेछन् । प्रचण्ड, सीताहरू त्यसपछि आज, किनभने पुण्य तिथि हो ।

जुन धरातलमा उभिएर आज भावुक हुनुको अर्थ बुझिन्छ, त्यसलाई संस्कार भनिन्छ । राजनीति कुसंस्कारको मार्गबाट माथि पुग्ने प्रयोग हो तर जीवनको अर्थचाहीँ संस्कारमा नै हुन्छ भन्ने एउटा साधारण पाठ ‘प्रकाश’बाट पनि सिकिन्छ । सर्वप्रथम प्रकाशलाई श्रद्धाञ्जली । बाँचेको बखत प्रकाशले रातो मसी चलाएनन् तर रगतसँग सम्झौता गर्ने कोशिशचाहीँ गरेका थिए । लामो भेट थिएन तर सम्बन्ध अति सामान्य भएन । यसकारण मेरो प्रस्तावलाई सहजै स्वीकारे र उनीमाथि खनिएका कयन प्रश्नहरूको जवाफ पठाए । तालमेल मिलाएर प्रकाशित गरेको थिएँ, उनको स्मरणमा काम लागिरहेको छ । लाग्नेछ, हरेक बर्ष ।

पत्रकारिताको डेढ दशकको यात्रामा कुनै हाईप्रोफाइलसँगको मेरो चिनजान थियो भने प्रकाशसँग, लो प्रोफाइलबाट । तर उनमा देखिएका राजनीतिक उत्तोलनका हरेक खुड्कीलाको मापन भइरहेको थियो । उनीबाहेकका जोडिएका अन्य पात्रसँग त्यति खसोखास परिचय र सम्बन्ध गहिरो हुन नसक्नु स्वभाविक थियो । स्वभाव मिल्दैन थियो ।

त्यो आलोचनाको झाङभित्र मिठो फल कसरी बन्न सकिन्छ भन्ने पात्रका रूपमा उदाउँदै थिए, असामयिक रूपमा अस्ताए । अस्तु भए । उनका अनेक बिहेका बारेमा आलोचनामात्र सुनेको, पढेको र जन्ती नै नभएको बिहे गरेकोसम्मका आरोप खेपीरहेको पात्र यतिबिध्न गतिशील बनिसकेको रहेछ भन्ने कमाएको मलामीको संख्याले बोलिरहेको थियो

एउटा प्रस्ट वक्ताको आलोचनालाई सुझाव ठान्दै सहन सक्ने क्षमता ग्रहण गरेको व्यक्ति निर्विकल्प नेता बन्ने लाइनमा हुन्छ । विविध समयचक्रको परिबन्धमा परेर राजनीतिमा पुर्नोदय गरिरहेका प्रकाश त्यसअघि आलोचना र विरोधको थुप्रोमाथि उभिएका थिए । तर उनी समयसँग जुध्न सक्नेगरी अघि बढे । त्यसका अथार्थमा चलिरहेका चित्र, पात्र र प्रवित्तिको मार्गको मूल्यांकन हाम्रो आँखाले पनि गरिरहेको थियो । जब मानिस सार्वजनिक परिचयको फराकिलो दायरामा बाध्यकारी भएर उभिन्छ, उसका व्यक्तिगत चरित्रका अनेक किस्साहरू निजी रहँदैनन् । उ माध्यम बनिदिन्छ, सुत्राधार बनिदिन्छ । उसको हाँसो र रोदनहरूका अर्थ हुन्छन् । त्यहि अर्थका आधारमा प्रशंशा र आलोचनाको पात्र बन्छ ।

विनोद ढकाल, लेखक

प्रकाश वैवाहिक जीवनका विषयमा विवादमा तानिए । त्यहि विवादले उनको यौवनाको एउटा कालखण्ड आलोचनासँग लडिरहने क्षमतामा वित्यो । त्यसअघि त उनले बन्दूकलाई जीवनसाथी बनाएका रहेछन् । जुनबेला उनीसँग सामिप्यमा कुराकानी भयो । त्यो आलोचनाको झाङभित्र मिठो फल कसरी बन्न सकिन्छ भन्ने पात्रका रूपमा उदाउँदै थिए, असामयिक रूपमा अस्ताए । अस्तु भए । उनका अनेक बिहेका बारेमा आलोचनामात्र सुनेको, पढेको र जन्ती नै नभएको बिहे गरेकोसम्मका आरोप खेपीरहेको पात्र यतिबिध्न गतिशील बनिसकेको रहेछ भन्ने कमाएको मलामीको संख्याले बोलिरहेको थियो । थापाथलीको अस्पतालबाहिर देखिएको त्यो भिँडले बोलिरहेको थियो– प्रकाश मलामीका धनी हुन् । प्रकाश अस्तुमात्र भएका छैनन्, अस्त्र बनिरहेका थिए भन्ने उदाहरण हो । राजनीतिक जीवनलाई अँगालेको व्यक्तिको ठूलो धन नै जनमत हो । उनीसँग त लोकमत नै रहेछ ।

उनको मृत्युसँग जोडिएका भावनालाई पोख्न हजारौं मानिस भेला भए । यस अर्थमा प्रकाशमाथि मेरो विश्लेषण भनेकै– शून्य जन्ती, नगन्य मलामी कमाउने पुरुष ! र, यस्तो भाग्य निक्कै कमैले मात्र बोकेका हुन्छन् । कमैले मात्र परिवर्तन गरेर देखाउँछन् । ति कम मध्येका प्रकाश जो नहुनुले खुमलटार दरबार उज्यालो देखिँदैन । घर, गाडीघोडा, करेसाबारी र सबैभन्दा धेरै उनकी आमाको मुहार, उनका बाबुको छाती ! यद्यपि त्यो पीडाबोधलाई प्रकारान्तले जगमाझ संवेदनाका रूपमा पोखिएकै छ । यसले मन हलुको हुनसक्ला । तर खुमलटारका भित्ताहरू चम्किला नदेखिन सक्छन् । प्रकाशका सन्तानका मुहारमा उदाइरहेको मुस्कानमा देखिएला, प्रत्यक्ष पीडामा उनीएको जीवनमा देखिनु असम्भवजस्तो हुन्छ ।

सम्भवतः सीताका आँखामा आँसुका ढिक्काहरूको बास हुने थिएन होला । सायद, त्यहाँ वरिपरि फूलहरू मगमगाउँदै केही नयाँ सोचका विजारोपण हुन्थ्यो होला । सायद, उनको नाममा स्मृति ग्रन्थ होइन, परिवर्तित पिढीको नेताको छवि हुन्थ्यो होला । अनेक छन्

सभामा भक्कानिएकी सीताको मनलाई थाहा छ, आँसुलाई अधरमा लुकाएर मनभित्र असीम पीडा लुकाएको बाबुलाई थाहा हुनुपर्छ खुमलटार कति अँध्यारो भएको छ । अरुलाई त केबल प्रकाश नहुनुको शून्यता महसुस होला, प्रकाश नहुनुको खिन्नताबोध होला  ।

विचार र व्यवाहारको क्षेत्रफल, आयतनको हिसाबकिताब स्वभावसँग हुन्छ । कुनै स्वार्थ नहुँदा पनि सम्बन्धको स्वार्थ कायम राख्नका लागि सफल थिए, प्रकाश । खिन्नता यसमा छ उनी जीवित हुँदा राजनीति कति प्रभावित हुन्थ्यो होला ? उनी प्रचण्डकै वरिपरि सक्रिय देखिँदा प्रचण्डकै प्रारूप कति गतिलो देखिन्थ्यो होला ? सायद सिंगापुर, म्याग्दीको तातोपानीका बहस तलसम्म हुने थिएनन् । सम्भवतः सीताका आँखामा आँसुका ढिक्काहरूको बास हुने थिएन होला । सायद, त्यहाँ वरिपरि फूलहरू मगमगाउँदै केही नयाँ सोचका विजारोपण हुन्थ्यो होला । सायद, उनको नाममा स्मृति ग्रन्थ होइन, परिवर्तित पिढीको नेताको छवि हुन्थ्यो होला । अनेक छन् ।

जसरी म १५ साउन २०७३ सोमबारका दिन अक्षरहरूको गोडमेलमा प्रकाशसँग निरन्तर संवाद गरिरहेको थिएँ । संयोगको सोमबार परेका कारण स्मृतिका शव्दहरू कोर्ने जाँगर चलाएको छु । हरेक बर्ष पुष्पगुच्छाहरूले प्रकाशका तस्बिरमा अर्पण हुने मौका आउनेछ । हार्दिक श्रद्धासुमन !