महेन्द्रनगर । न्याय माग्दै धर्ना बसेका निर्मला पन्तका परिवारलाई बेलायत बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।
बेलायतको बेजिंगस्टोक नेप्लिज कम्युनिटी (बीएनसी) ले संकलन गरी पठाएको ५५ हजार ५ सय ५१ रुपैयाँ शनिबार निर्मलाका बुवा यज्ञराजलाई हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले उक्त रकम धर्नास्थलमै पुगेर हस्तान्तरण गरेका हुन् ।
बीएनसीले पीडित परिवारलाई नैतिक समर्थन जनाउनसमेत आर्थिक सहयोग प्रदान गरिएको जनाएको छ । संस्थाकी सल्लाहकार सुधा गुरुङको पहलमा सहयोग संकलन भएको हो ।
बीएनसीलेबर्सेनि यस्ता पीडित परिवार र परोपकारी काममा लागेका संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ । सहयोग हस्तान्तरण गर्दै झाले पन्त परिवारले सुरु गरेको आन्दोलनमा समर्थन जनाए ।















प्रतिक्रिया