११ कार्तिक २०८३, बुधबार

सर्वसाधारणले बोक्ने नेपाली पासपोर्ट परिवर्तन हुँदै, के–के हुँदै छ परिवर्तन ?

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । सर्वसाधारणलाई जारी गरिने राहदानीको बाहिरी रंग परिवर्तन हुने भएको छ। ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो।

सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ। सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।
यससम्बन्धमा छलफल भइरहेको छ। ७० लाख थान राहदानीमध्ये १३ लाख बाँकी छन्। ती पनि सकिन लाग्दा ई–पासपोर्ट जारी गर्ने प्रक्रिया अघि बढेको छ।

ई–पासपोर्ट तयार गर्दा रंग परिवर्तन र पृष्ठ थपिने राहदानी विभागका अधिकारीले बताए। दक्षिण एसियाकै महँगो भनिएको नेपाली पासपोर्टको भित्र भिसा र विमानस्थल छाप उपयोग हुने जम्मा २२ पाना मात्र छन्।

पृष्ठ बढाउने र हरियो रंग परिवर्तन लामो समयदेखि बहसमा थियो। हरियो पासपोर्ट बोक्दा कैयन राष्ट्रले नेपालीलाई हेर्ने दृष्टिकोण समेत फरक परेको छलफलमा उठेको भन्दै परिवर्तन गर्न लागिएको हो।

सर्वसाधारणले बोक्ने पासपोर्ट कफी, कलेजी र मेहँदी रंगमध्ये एउटा बनाउने छलफल भए पनि विभागको प्रस्तावमा अक्वा ब्ल्यू ९हल्का निलो० प्रस्ताव गरिएको छ। यसमा अहिले पनि बहस भइरहेको छ।

अधिकांशको जोड कफी रंगमा छ। विश्वका अधिकांश देशका सर्वसाधारणले बोक्ने पासपोर्ट कफी रंगकै रहेको छ। कतिपय खाडी देशकै झण्डा र राष्ट्रको रंग समेत हरियो रहेकाले पनि रंग फेर्न छलफल भइरहेको हो।