११ कार्तिक २०८३, बुधबार

मलेसियाको रोजगारी अन्यौलमा, टोलीले काम गर्न सकेन

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । मलेसिया रोजगारीमा अन्योल देखिएकोे छ। कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारीपत्र (एमओयू)मा नेपाल र मलेसियाबीच हस्ताक्षर भएको दुई साता बितिसक्दा पनि प्राविधिक टोलीले काम गर्न सकेको छैन। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सम्झौता पश्चात दुई देशका उच्च अधिकारी सम्मिलित प्राविधिक समिति गठन भएको थियो। तर, समितिले प्रभावकारीरूपले काम गर्न नसक्दा रोजगार खुल्नेमा अन्योल छ। सम्झौता भएकै दिन प्राविधिक टोलीको बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको छैन।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख कृष्ण ज्ञवालीको संयोजकत्वमा प्राविधिक समिति गठन भएको थियो।

ज्ञवाली संयोजक भए पनि सरुवा भएर प्रदेश ५ अन्तर्गत सामाजिक विकास मन्त्रालयमा गइसकेका छन्। संयोजक नै हिँडेपछि प्राविधिक समितिले काम गर्न सकेको छैन।

श्रम मन्त्रालयका प्रवक्ता डा।नारायण रेग्मीले मलेसिया रोजगार छिट्टै खुल्ने जानकारी दिए। ‘कुन मोडालिटीबाट पठाउने भन्ने छलफल हुँदैछ’, उनले भने, ‘केही दिनभित्र टुंगोमा पुगेपछि मात्रै रोजगार खुल्छ।’

प्राविधिक समितिको सदस्यसमेत रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले केही दिन कोलोम्बो प्रोसेसको तयारीका कारण बैठक बस्न नसके पनि आइतबारदेखि छलफल हुने जानकारी दिए।