
-बिजय चालिसे
कावासोती, १ मंसिर । नवलपुरको डण्डामा रंगशालानिर्माण हुने भएको छ । कावासोती–१४ डण्डामा २ बिगाहा १८ कठ्ठा क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा रंगशाला निर्माण गरिने भएको हो । डणावरदेवी साँस्कृतिक रंगशाला नामाकरण गरी निर्माण गर्न लागिएको रंगशाला निर्माण समितिका सदस्य ईन्द्र बहादुर महत्तोले जानकारी दिए ।
उक्त रंगशालाको शनिबार एक कार्यक्रमकाबीच राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी अध्यक्ष माधव ढुगेंलले शिलन्यास गरे । रंगशालाशिलन्यास कार्यक्रममा बोल्दै परिषदका कार्यकारी अध्यक्ष ढुंगेलले रंगशाला निर्माणपछि स्थानीय खेलाडीहरुलाई फाईदा पुग्ने बताए ।
स्थानीय स्रोत साधन र एनआरएनको सहयोगमा करिब १ करोड ५७ लाखको लागतमा निर्माण गर्न लागिएको रंगशाला ५ वर्ष भित्रमा सक्ने लक्ष्य लिईएको समितका सदस्य महत्तोले जानकारी दिए । २ हजार ५ सय दर्शक अटाउने प्याराफिटसहितको रंगशालामा तत्कालै प्रवेशद्वार निर्माणको काम सुरु गरिने महत्तोको भनाई छ ।
















प्रतिक्रिया