१ कार्तिक २०८३, शनिबार

निर्वाचनमा आफ्नो जितबारे ट्रम्पले अब जवाफ नदिने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १ मंसिर । दुई वर्षअघिको राष्ट्रपति चुनावमा भएको भनिएको रुसी दखलका बारेमा जारी अनुसन्धानको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जवाफ दिने क्रम सकिएको बताएका छन् ।

सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले ट्रम्पलाई सहयोग हुने गरी दखल दिएको आरोप छ । विशेष काउन्सिल रोबर्ट मुलरको नेतृत्वमा अनुसन्धान भइरहेको छ । यस क्रममा मुलरको कमिटीले राष्ट्रपति ट्रम्पसँग पनि सोधपुछ गरेको हो ।

ट्रम्पले पत्रकारसँग आफूले व्यक्तिगत रुपमा नै प्रश्नहरुको उत्तर दिएको र त्यो निकै सहज रहेको बताएका छन् । आफ्ना उत्तरहरु मुलरको टिम समक्ष प्रस्तुत गर्न बाँकी रहेको ट्रम्पले बताएका छन् ।

चुनावी दखल तथा ट्रम्पको चुनावी प्रचार अभियान र रुसीबिचको आरोपित साँठगाँठबारे मुलरको टिमले अनुसन्धान गरिरहेको हो । ट्रम्पले रुससँग आफ्नो कुनै साँठगाँठ नरहेको र चनावी दखलको आरोपमा भइरहेको अनुसन्धान ‘विच हन्ट’ मात्रै रहेको बताउँदै आएका छन् । एजेन्सी