१ कार्तिक २०८३, शनिबार

भारतको दिल्लीमा यी नेपालीको हत्या

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतमा एक नेपालीको हत्या भएको छ । ४० वर्षदेखि घरेलु कामदारका रूपमा काम गर्दै आएका किसनबहादुरको दिल्लीको वसन्तकुन्ज इन्क्लेभको ए ब्लकस्थित घरमा बुधबार राति हत्या भएको हो ।

घटनामा किसनकी घरमालिक माला लखानीको पनि हत्या भएको छ । प्रहरीले दुवैजनाको हत्या मालाकै घरमा रहेको कारखानामा सिलाइको काम गर्दै आएका राहुल अन्वरले गरेको जनाएको छ ।

अन्वरलाई उनका साथीहरू रेहमत र वसिमले साथ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले तीनै जनालाई पक्राउ गरिसकेको छ ।

आरोपितहरूले बयानमा मालासँग ज्यालामा विवाद भएपछि १५ दिनदेखि नै हत्याको योजना बनाएको बताएका छन् ।

प्रहरीले घटनाको प्रकृति हेर्दा ज्यालाविवादभन्दा पनि विशुद्ध लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको आशंका गरेको छ । किसन ३० वर्षदेखि मालाको घरमा बस्दै आएका थिए ।

पूरै घरको हेरचाह उनको जिम्मामा थियो । स्थानीय प्रहरीले किसनको पुर्ख्यौली घर नेपाल भनिए पनि थर, ठेगाना र परिवारका बारेमा भने कुनै जानकारी नभएको जनाएको छ । किसनको नेपालको ठेगानाबारे मालाका आफन्तलाई समेत पत्तो छैन ।