९ कार्तिक २०८३, सोमबार

आन्दोलन छाडेर वार्तामा आउन विपक्षीलाई प्रधानमन्त्रीको आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आन्दोलन छाडेर वार्तामा आउन एमाओवादी लगायतका विपक्षी दलहरुलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ७५ वटै जिल्लाका नेपाली काँग्रेसका जिल्ला सचिवका लागि आयोजित चियापान कार्यक्रममा उहाँले आन्दोलनले विकासको सम्भावना गुम्ने बताउनुभयो ।

काँग्रेसले शासकीय स्वरुप, न्यायप्रणाली जस्ता विवादित विषयमा लचकता अपनाएको भन्दै उहाँले आफ्नो मुद्दाबाटपछि हट्न एनेकपा –माओवादी र मधेसवादी दललाई आग्रह गर्नुभयो ।

संविधान निर्माणका सम्बन्धमा देखिएको गतिरोध वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न सकिने उहाँको कथन थियो ।