१ कार्तिक २०८३, शनिबार

यसरी गरियो अमेरिकामा छठ पूजा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको छ । अमेरिकाका केही राज्य तथा शहरहरूमा मात्र मनाइँदै आएको छठ पर्व यस वर्षदेखि अमेरिकाका विभिन्न भागमा बिभिन्न शहरहरुमा व्यापक रुपमा मनाइएको छ ।

छठ पर्व मनाउने क्रममा अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको प्रख्यात शहर स्टरलिङ्ग स्थित पोटोम्याक नदीको किनारमा नेपालबाट अमेरिका आएका तराई मधेसका बिभिन्न जिल्लाहरूका नेपाली समुदायको बिशेष अगुवाईमा नेपाल मै मनाउने जस्तै गरी उत्साहजनकरुपमा छठ पर्व मनाएका छन् ।

गत नोभेम्बर १२ तारिख साँझदेखि मनाउन थालिएको छठ नोभेम्बर १४ तारिखको बिहान समाप्त भएको छ । पवित्रता, निष्ठा र आस्थाको पर्व छठ तराईको ठूलो पर्व हो ।

अहिले यो पर्व राष्ट्रिय स्वरूप ग्रहण गर्दै अन्तर्राष्ट्रिय बन्दै अमेरिकामा समेत आइ पुगी व्यापक हुदै गएको छ । छठ मूलरूपमा कार्तिक शुक्ल षष्ठीको दिन मनाइने सूर्य उपासनको महान पर्व हो ।

डिसी क्षेत्रमा बसोबास गर्ने र छठ पर्व मनाउन पोटोम्याक नदी किनारलाई छठमय बनाएका थिए । डिसी क्षेत्रमा छठ पर्व मनाउन व्यवस्थापन गर्दै आएका एसोसिएसन अफ नेपालीज इन तराई इन अमेरिकाका (एन्टा)का अध्यक्ष विजय कुमार सिंहले यो व्रतको विधान पवित्र र कठोर छ ।

जसको श्रद्धा, निष्ठा, विश्वास र आस्थापूर्वक पालना गरिनुपर्छ उनले भने । छठको व्रत बस्ने (व्रती)ले कार्तिक महिनाको शुरुदेखि नै माछा, मासु, लसुन, प्याज, मदिरा, आदि त्याग्नुपर्छ सिंहले भने ।