१ कार्तिक २०८३, शनिबार

यी पोर्नस्टारकी वकिल पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, २९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेकी पोर्नस्टार स्ट्रोमी ड्यानिएल्सका वकिल पक्राउ परेका छन् । घरेलु हिंसाको अरोपमा स्ट्रोमीका वकिल माइकल एभनाटी पक्राउ परेका हुन् ।

एभनाटीले सम्बन्ध विच्छेदको क्रममा रहेकी श्रीमतीलाई कुटपिट गरेको आरोप छ । मंगलबार भएको घटनापछि उनकी श्रीमतीका विभिन्न अंग सुनिएको तथा चोट लागेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

एभनाटीमाथिको आरोप अहिलेसम्म प्रमाणित भएको छैन । तर उनी थुनामा रहेको लस एन्जलस प्रहरीले जनाएको छ । सेलिब्रेटी तथा मनोरञ्जन सम्बन्धी खबर दिने अमेरिकी समाचार समूह टिएमजेडले बुधबार सबैभन्दा पहिले एभनाटी पक्राउ परेको खबर सार्वजनिक गरेको थियो ।

ट्रम्पविरुद्ध दायर गरेको मुद्दामा स्ट्रोमीको वकिल बनेपछि एभनाटी चर्चामा आएका हुन् । स्ट्रोमीले आफू र राष्ट्रपति ट्रम्पबिच छोटो समय सम्बन्ध रहेको बताउँदै आएकी छन्, जुन कुरा ट्रम्पले अस्वीकार गर्दै आएका छन् ।

सन् २०१६ को चुनावअघि ट्रम्पका प्रतिनिधिले आफूसँग ‘नन–डिस्क्लोजर अग्रिमेन्ट’ गरेको भन्दै त्यसबाट मुक्त हुनु पाउनु पर्ने मागसहित स्ट्रोमीले मुद्दा दायर गरेकी छन् ।

एभनाटीले सन् २०११ मा विवाह गरेको र २०१७ मा सम्बन्ध विच्छेदका लागि निवेदन दिएको टिएमजेडले उल्लेख गरेको छ ।