बेल्जियम । नोभेम्बर ११ को दिन प्रथम विश्वयुद्धमा मारिएका पुर्खाहरुलाई सम्झिदै बेल्जियमको इपरमा एक श्रद्धाञ्जलि कार्यक्रम गरिएको छ ।
प्रत्येक वर्ष नोभेम्बर ११ कै दिन संसारभरका राज्यका औपचारिक निकायबाट शोक धुन र सैनिक सलामीमार्फत प्रथम विश्वयुद्धमा मारिएकाहरुको सम्मान गरिन्छ ।
मुख्य गरेर ५ देशका औपचारिक सैनिक टुकडी मार्फत प्रथम विश्वयुद्धमा इपर वरपर मारिनेहरुको लागि सम्मान गारत अर्पण गरिने भएता पनि अहिले धेरै देशका नागरिक वा कुटनैतिक निकायका प्रमुखहरुको सहभागितामा ईपरको कार्यक्रम हुने गर्दछ ।
त्यसमा अनौपचारिक रुपले तमु समाज नेपालले समेत ब्रिटिस गुर्खा आर्मीमा संलग्न भएर ज्यान गुमाएका पुर्खाहरुलाई प्रायक वर्ष सम्झने गरेको छ । जसको निरन्तरता यो वर्ष पनि देखिएको छ ।
सन् १९२५ मा, इतिहाँसविद एडमनले रेकर्ड गरेको डाटा अनुसार ५०,०००–८५,००० फ्रान्स सैनिक, २१,५६२ बेल्जियमका सैनिक ५५,३९६ बेलायती सैनिक र १३४,३१५ जर्मन सैनिक मरेको डाटामा उल्लेख छ । जेजति रेकर्ड भएपनि बास्तबिक तथ्याङ्क त्योभन्दा धेरै हुन पनि सक्छ । जसको खोजि पछिसम्म हुँदै जानेछ ।
बेल्जियमको राजधानी ब्रुसेल्समा पनि दुई मिनेटको मौन धारण गरी श्रद्धाञ्जलि कार्यक्रम भएका छन् । २०१८को सेप्टेम्बर ११को दिन विश्वका ६६ भन्दा बढी देशका नेताहरु पेरिसमा आयोजित प्रथम विश्वयुद्धको शतवार्षिकी समारोहमा आफ्नो उपस्थिति जनाई श्रद्धाञ्जलि दिएका छन् ।
लाखौंको ज्यान लिएको प्रथम विश्वयुद्ध अन्त्य भएको शतवार्षिकी समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एंगेला मर्केल, रुसी राष्ट्रपित भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों सहित ६६ भन्दा बढि देशका नेताहरु पेरिसमा भेला भएका हुन् ।
















प्रतिक्रिया