१ कार्तिक २०८३, शनिबार

बेलायतमा यसरी स्मरण गरियो महागुरु फल्गुनन्दलाई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केन्ट । गत ११ नोभेम्बर २०१८ का दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायतद्वारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ति कार्यक्रम मनाइएको छ ।

सदाको वर्षहरू जस्तै यस वर्ष पनि बेलायतको बिभिन्न ठाँउहरु बाट किराँत धर्मका भक्तजन र शुभ चिन्तकहरु भेला भएर १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दज्यूको १३४ औँ जन्म जयन्ति समारोहको आयोजना गरेको हो ।

प्रमुख अतिथि कियाचु युकेका पूर्व केन्द्रीय अध्यक्ष सुबास चन्द्र जबेगु र अन्य अतिथि कियाचु थोरोक शाखाका वर्तमान अध्यक्ष दल प्रसाद आङ्देम्बे, कियाचु युके वेल्स शाखा अध्यक्ष पर्शु वनेम, समाजसेवि तथा लिम्बु भाषा तथा संस्कृति संरक्षक सुबर्ण नेम्बाङ्, पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास, धनकुटा समाजका अध्यक्ष पूर्ण फालेच्छा, संघीय लिम्बुवान यूकेका महासचिव राम ईजाम, मोरङ् नेपाल छेत्र नम्बर ६ का भूतपूर्व सभासद श्रीमती तारा राई साथै अग्रज समाजसेवीहरूले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेपछि महागुरुको नाममा सेवासाबा रुद्र तुम्बापोले सेवापुजा सुरु गरेको थियो ।

सेवापुजा सकेपछि “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज”का वर्तमान अध्यक्ष दिपक तुम्बापोले महागुरुको जीवनी प्रस्तुत गरेका थिए ।

कार्यक्रमको मध्यान्तरमा यसै संस्थाका सदस्य पूर्णकुमार फालेच्छा हालै धनकुटा सेवा समाजको अध्यक्ष जस्तो गरिमामय पद सम्हाल्ने अवसर पाएकोमा संस्थाले कार्यकाल सफलता साथै बधाई दिए ।

अन्त्यमा अध्यक्ष दीपक तुम्बापोले सम्पूर्ण अतिथि, भक्तजन र शुभचिन्तकहरुलाई आजको कार्यक्रममा उपस्थित भई सफल पारिदिएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै कार्यक्रम औपचारिक रुपमा सकिएको र पुजा पछि खानपिनको ब्यवस्ता भएको पनि जानकारी दिदै समापन गरेका थिए ।

बिहानको ११ बजे कार्यक्रम शुरु भएर दिउसो ५ः३० बजे सकिएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रकम चेम्जोङ्ले स्वागत मन्तब्य दिएका थिए र सचिव भगीरथ जबेगुले कार्यक्रम सञ्चालन गरेका थिए ।