काठमाडौँ, १४ माघ । संविधानसभाको माघ ६ गतेको बिहन पौने २ बजे गरिएको तोडफोड, आक्रमणको घटनामा संलग्न सभासदलाई संविधानसभा नियमावली अनुसार निलम्बनको तयारी गरिएको छ ।
घटनाको छानबिन गर्न संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले माघ १५ गतेसम्ममा समितिको प्रतिवेदन बुझाउने तयारी गरेको आजको गोरखापत्रमा खबर छापिएको छ।
















प्रतिक्रिया