न्युयोर्क, २५ कात्तिक । अमेरिकाको क्यालिफोर्नियामा भिषण डढेलोका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । क्यालिफोर्नियाको उत्तरी शहर प्याराडाइजमा १४ जनाको शव भेटिएपछि ज्यान गुमाउनेको संख्या २५ पुगेको स्थानीय अधिकारीले बताएका छन् ।
तीन प्रमुख डढेलोका कारण दुई लाख ५० हजार भन्दा बढी मानिस बिस्थापित भएका छन् । गएको बिहीबार क्याम्प फायर डढेलोमा परिणत भएको हो । त्यसकै कारण प्याराडाइज शहरका संरचना ध्वस्त भएका छन् ।
दक्षिणी तटिय शहर मालिबु नकिजबाट वुल्फी फायर फैलियो । यो आगो अहिले २८ हजार हेक्टरमा फैलिएको छ । हिल फायर क्षेत्रमा आगलागी भएको छ ।
तीनै क्षेत्रबाट फैलिका आगो तीव्र रुपमा बिस्तार हुँदै गएका छन् । तीव्र गतिमा हावा चलेका कारण पनि आगो बढी फैलिएको हो । एजेन्सी















प्रतिक्रिया