– विनोद ढकाल
खासगरी केटीहरू उत्ताउलो फोटो सामाजिक सञ्जाल, च्याउसरीका अनलाइनमा छाप्नासाथ आफूलाई ग्ल्यामर केटी भन्छन् । उनीहरूका नखराको कुनै सीमा हुँदैन । त्यसको बारेमा व्याख्या या बयानबाजी गर्नु अस्वभाविक ठहर्छ । हुँदा हुँदा नेपाली टेलिभिजनकर्मीहरूको पनि यस्तो नखराले सीमा नाघिसकेको देखिन्छ ।
नेपालमा हर क्षेत्रहरू सतही जानकारीबाट प्रवेश गर्ने र सतही भएरै बाहिर निस्कने परम्परा विद्यमान छ । यो ठूलो र भयानक समस्या हो । फोटो छापियो, भिडियो आयो, बजार ततायो । यत्तिमा सीमित हुन्छ । तर, यो सीमितता सम्बन्धित महिला हुन् या पुरूष सवैका लागि दुखद भविष्य बन्न सक्छ ।
















प्रतिक्रिया