१ कार्तिक २०८३, शनिबार

अमेरिकी आक्रमणबाट पाँच लाखको मृत्यु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, २४ कात्तिक । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा हमला भएको बदलास्वरुप अमेरिकी आक्रमणबाट इराक, अफगानिस्तान र पाकिस्ताना ५ लाख जनता मारिएको एक रिपोर्टले बताएको छ ।

१ लाख ८२ हजार २ सय ७२ देखि २ लाख ४ हजार ५ सय ७५ को संख्याबीच इराक, ३८ हजार ४ सय ८० अफगानिस्तान र २३ हजार ३ सय ७२ सर्वसाधारण पाकिस्तानमा मारिएका छन् ।

अमेरिकाले आतंककारी विरुद्धको हमला नाम दिएको उक्त युद्धमा मारिनेको संख्या ठ्याक्कै यकिन छैन । यसबीचमा ठूलो संख्यामा हत्या पहिचान हुन सकेका छैनन् ।

ब्राउन युनिभर्सिटीको ‘वाट्सन इन्स्टिच्युट फर इन्टरनेश्नल एन्ड पब्लिक अफेयर्स’ विभागबाट यही बिहीबार सार्वजनिक भएको उक्त रिपोर्टले यस्तो बताएको हो ।

‘ह्यूमन कस्ट अफ द पोस्ट स् नाइनरइलेभेन वार्स स् लेथेलिटी एन्ड नीड फर ट्रान्स्परेन्सी’ नाम दिइएको खोजका लेखक नेरा क्रफर्ड हुन् । मृतकको संख्या ४ लाख ८० हजारदेखि ५ लाख ७ हजारबीच भएको रिपोर्टमा उल्लेख छ । रिपोर्ट सार्वजनिक गर्दा नेरा क्रफर्डले भने, ‘यस्ता युद्धमा कतिको ज्यान गयो ठ्याक्कै संख्या भन्न हामी सधैँ भन्न सक्दैनौँ । जस्तै दसौं हजार सर्वसाधारण मोसुल र अन्इ सहरमा आईएसआईएसद्वारा मारिएका हुन सक्छन् ।’

साथै सोही युद्ध अवधिमा इराक र अफगानिस्तानमा झण्डै ७ हजार अमेरिकी सेना पनि मारिएका छन् । रिपोर्टमा भने सेना, प्रहरी तथा अन्य सुरक्षाकर्मी सहति आम मानिसको हत्याको तथ्यांक सार्वजनिक गरिएको हो । युद्धको क्रममा अन्य रोग तथा गैरहत्या प्रकृतिका घटनाबाट मारिएकाहरुको भने यहाँ तथ्याां उल्लेख छैन ।

अफगानिस्तानमा अमेरिले जारी राखेको युद्ध १७ वर्षयताकै सबैभन्दा ठूलो हमला पनि मानिएको छ । जब कि, युद्धभर सन् २०१८ सबैभन्दा बढी मानिस मारिएको वर्ष बनेको छ । एजेन्सी