
न्युयोर्क, २२ कार्तिक । अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले पदबाट बर्खास्त गरेका छन्। उनलाई हटाएर ट्रम्पले आफ्ना प्रमुख स्वकीय सचिव म्याथ्यु ह्वीटेकरलाई अस्थायी जिम्मेवारी दिएका छन्।
अमेरिकी चुनावमा रूसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियाबाट आफूलाई अलग्ग्याएपपछि कानून कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको पटक–पटक आलोचना गर्दै आएका थिए।
ट्रम्पले बुधवार ट्वीटमार्फत् भनेका छन्, ‘हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौं र उनको राम्रो होस् भन्ने कामना गर्छाैं।’
सेन्शसले पनि राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गरेका छन्।















प्रतिक्रिया