काठमाडौँ, १३ माघ । प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइरालाले प्रमुख विपक्षी एमाओवादी र मधेशी दल वार्तामा आउनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।
संविधान निर्माणका सम्बन्धमा देखिएको गतिरोध वार्ता र संवादको माध्यमबाट अन्त्य गरिने भन्दै उहाँले त्यसका लागि आफू लागिपरेको बताउनुभयो ।
काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा राजधानीमा आयोजित जिल्ला कार्यसमितिका सचिवहरुको प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा उहाँले भन्नुभयो, ‘लोकतन्त्र शान्तिका लागि नेका निरन्तर लागिपरेको छ हिजो लोकतन्त्रका लागि लागेका थियौँ, आज लोकतन्त्र शान्ति र विकासका लागि लागेका छौँ ।’
मुलुकमा अमनचयन, शान्ति, स्थायित्व र विकासका लागि लोकतन्त्र अपरिहार्य हुनेमा जोड दिँदै उहाँले लोकतन्त्र नमान्ने शक्तिलाई पनि लोकतन्त्रको मार्गमा उन्मुख गराउन आफूहरु लागिपरेको बताउनुभयो ।
काँग्रेस उपसभापति एवम् प्रतिष्ठानका संयोजक रामचन्द्र पौडेलले सहमति भन्दै अनन्तकालसम्म अल्झिन नहुनेमा जोड दिनुभयो ।
















प्रतिक्रिया