
काठमाडौं, १७ कात्तिक । नेपालको मनाङ मर्स्याङ्दी क्लब सिक्किम फूटबल एसोसिएसनले आयोजना गरेको ३८ औं राज्यपाल अन्तरराष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
राजधानी गान्तोक नजिक रहेको पाल्जर स्टेडियममा भएको फाइनल खेलमा नेपालको मनाङले भारतीय आर्मीलाई १–० ले पराजित गर्दै उपाधि चुमेको हो । मनाङको जितमा सुजल श्रेष्ठले विजयी गोल गरे ।
उपाधि विजेता मनाङले २ लाख नगद पुरस्कार पाएको छ ।















प्रतिक्रिया