डीसी । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा)द्वारा राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदादेवी तिम्सिनासंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अमेरिकाको वाशिंगटन डिसीमा राज्य बिभाग तथा न्याय बिभागद्वारा आयोजना भएको कार्यक्रममा सहभागी हुन् आएकी तिम्सिनासंग ईन्जाले विश्वभरि फैलिएका नेपाली पत्रकारहरूलाई समेटी पत्रकारिताका विषयहरुको उठान, सामाजिक महत्व र चासो, वहस र निराकरणको शुरुवात गर्ने सिलसिलामा पहिलो शृंखलाका रूपमा “ईन्जा नेटवर्किंग” नामक कार्यक्रममा अतिथिको रुपमा तिम्सिनाबाट प्रारम्भ गरेको छ ।
आयुक्त तिम्सिनाले इन्जाले आयोजना गरी आफूलाई अवसर दिएकोमा धन्यवाद दिदै इन्जा फलोस फुलोस र इन्जा संग सहकार्य गर्न सकिने बताइन् । तिम्सिनाले अमेरिकाबाट इन्जाको पहलमा नेपालमा पत्रकारहरुको क्षमता वृद्धि, शीप आदि सम्बन्धि केही योगदान गर्न सकिने साथै नेपालबाट पनि पत्रकारहरुलाई अमेरिका झिकाएर यहाँ पनि केही गर्न सकिने बताइन् ।
तिम्सिनाले वाशिंगटन डिसी स्थित राज्य बिभाग तथा न्याय बिभागमा भएको छलफलमा आफूहरुले आफ्ना मौजुद कानुनका बारेमा साथै अभ्यास बारेमा बताएएकी छिन्यो ।
छलफलमा नेपालको कानुन हाम्रो देशको भन्दा पनि कानून राम्रो लागेको छलफलमा कुरा चलेको बताइन् । तर कार्यन्वयन पक्षमा हामी कमजोर रहेकोले निरन्तर अभ्यास गर्नु पर्ने चर्चा भएको पनि उनले बताइन् ।
















प्रतिक्रिया