१ कार्तिक २०८३, शनिबार

बेल्जियममा जनसम्पर्क समितिको शुभकामना आदान–प्रदान तथा मेलमिलाप कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम। वेल्जियममा वसोवास गर्ने नेपालीहरूको वाक्लो उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेल्जियमले दशैं तथा तिहार तथा छठ पर्वको उपलक्ष्यमा गत सोमबारका दिन शुभकामना आदान प्रदान तथा मेलमिलाप दिवस कार्यक्रम सम्पन गरेको छ ।

ध्रुबराज पौडेलको संयोजकत्तवमा हरेक वर्ष मनाउँदै आईरहेको कार्यक्रम यस वर्ष पनि जनसम्पर्क समिति बेल्जियमले वीपी कोइरालाले अँगालेको नीति स्वरूप दशैँ, तिहार तथा छठ पर्वको अवसर परेर शुभकामना आदान प्रदान तथा मेलमिलापको रुपमा मनाएको हो ।

कार्यक्रममा आमन्त्रित बेल्जियमस्थित बिभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बेल्जियमका निबर्तमान अध्यक्ष सन्तोष जोशी ‘सुवास’को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालले देशको परिस्थिति जस्तोसुकै भएपनि प्रवासमा हामी नेपाली सधैं यसरी नै मिलेर लाग्नुपर्ने बताए।