३० आश्विन २०८३, शुक्रबार

तपोवन र गुरु आनन्द अरूणलाई जोगाऔं

46.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना श्रेष्ठ
२९ बर्ष अगाडी स्थापित ओशो तपोवन योग, भजनकिर्तन, ध्यान हुने धार्मिक हेन्द्र हो । यस क्षेत्रमा कृष्ण, गणेश, शिवपुरी बाबाको मन्दीरसहित ओशो समाधिस्थल पनि छ ।

प्रत्येक दिन सयौं व्यक्ति भाव भक्तिका लागि यहाँ आउँछन् । देशविदेशका पर्यटक ध्यानका लागि नै तपोबन क्षेत्रमा आउने गरेका छन् । नेपाल सरकारकै सहयोगमा सडक सुधार तथा भू–क्षय हुने ठाउँमा तार जाली सुरक्षा पर्खालहरू लागेका छन् । धार्मिक वनलाई अझै घना बनाउन रूद्राक्ष, तेजपत्ता, धुप्पी, निलकाँडा, असारे आदि रोपिएको छ । ओशो तपोबन धार्मिक बनमा सुकेका, कुहिएको काठहरू, बोटबिरूवा हानी पुराउने झाडीहरू हटाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रूपमा आकर्षक स्थानको रूपमा बिकास गर्दै लगिएको छ ।

अहिले बिश्व भर २२५ आश्रम छन् । विश्वभरका ओशो सन्यासीहरूको ध्यान साधना गर्ने तपोभुमि भएको छ । ६० देशका हजारौं ओशो सन्यासीहरू ध्यान शिविरमा ध्यानमा सहभागी हुन आउँछन् । ओशोको हेडक्वार्टरको रूपमा चिनिन थालेको छ । नेपालको धार्मिक अध्यात्मिक पर्यटनस्थलको रूपमा संसार भर चर्चित छ । तपोवनमा सबै ब्यक्ति र सबै परम्पराको सम्मान हुन्छ । उत्सव यहाँ को जात हो र आनन्द तपोबनको गोत्र हो । यहाँ धर्म, कर्म, मान्यता भन्दा माथि उठेर प्रत्येक ब्यक्तिको निजतालाई स्वीकार गरीन्छ । ध्यान बिधिको त्यति नै प्रयोग हुन्छ जति आधुनिक मनोचिकित्साको । जति भक्तिको त्यति नै ध्यानको ।

बिगत ४८ बर्षदेखि अनवरत रूपमा ओशोको काम विस्तारमा लागिरहनु भएका बोधिसत्व गुरू स्वामी आनन्द अरूण बर्षको आधा भन्दा बढी सयम देशबाहिर १०५ देशमा ओशो सन्यास र ध्यान सिकाउन जानुहुन्छ । नेपालमा एक लाख भन्दा बढी र संसारभर विभिन्न देशमा एक लाख बीस हजार भन्दा बढी ब्यक्तिलाई सन्यास शिक्षा दिसक्नु भएका गुरू स्वामी आनन्द अरूण यस ओशो कम्युन तपोबनको आचार्यको दर्शन गर्ने दर्शनार्थीको पनि घुइँचो लाग्ने गर्दछ ।

एक सन्यासी पाँच रूख’को स्लोगन पनि अहिले कार्यान्वयनको पक्षमा अगाडि बढ्दैछ । हरेक ओशो सन्यासीलाई आफ्नो जन्मदिनको अवसरमा पाँच बिरूवा रोप्ने अभियान चलाइएको छ । देशको सातै प्रदेशमा तनाव ब्यवस्थापन कसरी गर्ने ? भन्ने प्रशिक्षण दिएर तनाव मुक्त जीवन बाच्न सिकाउने गुरू नेपालले प्राप्त गरेको छ

यहाँ माछा मासु खाइन्न, यहाँ आउने पर्यटक कम्तीमा एक महिना बस्छन् । धार्मिक पर्यटनस्थलको रूपमा चर्चित छ । आलोचना गर्न सजिलो छ तर काम गर्न गाह्रो । बुद्धको जन्मस्थल नेपाल हो भन्दै विश्वव्यापी रूपमा सयौं देशहरूमा गएर प्रचारप्रसार गर्ने अग्रणी ब्यक्तित्व स्वामी आनन्द अरूण हुन् । ‘एक सन्यासी पाँच रूख’को स्लोगन पनि अहिले कार्यान्वयनको पक्षमा अगाडि बढ्दैछ । हरेक ओशो सन्यासीलाई आफ्नो जन्मदिनको अवसरमा पाँच बिरूवा रोप्ने अभियान चलाइएको छ । देशको सातै प्रदेशमा तनाव ब्यवस्थापन कसरी गर्ने ? भन्ने प्रशिक्षण दिएर तनाव मुक्त जीवन बाच्न सिकाउने गुरू नेपालले प्राप्त गरेको छ ।

नेपालको ठूलो धनराशी भारतमा तीर्थयात्राको नाममा खर्च हुने गरेको सन्दर्भमा स्वामी जीले नेपालकै धार्मिक स्थल र बुद्ध पुरूषहरूको महिमागान गर्दै सर्वसाधारणमा चेतना अभिवृद्धीको लागि अहोरात्र खटेको हामीले देखेका छौं । बुद्ध पुर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघमा लानुपर्ने बिषयमा नेपाल सरकारसँग बारम्बार कुराकानी गरिरहनुभएका उहाँप्रति प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक हुनुहुन्छ ।

स्वामीजिका उपरोक्त अभियानहरू केही भारतीयहरूको लागि टाउको दुखाइको विषय भएको छ । अहिले उहाँविरूद्ध योजनाबद्ध रूपमा नांगो आक्रमण सुरू भएको छ । उहाँविरूद्ध कपोलकल्पित भ्रमको खेती गरिरहेका छन् । मेरा गुरू, म जस्ता लाखौं ओशो सन्यासीका गुरू जसलाई विभिन्न झुठो लान्छना सहित भ्रामक हल्ला फैलाउन खोजिनु दुखदायी छ । यसले नेपालका लाखौं सन्यासी र संसारभरका सन्यासी निदाउन सकेका छैनन् ।

नीजि जीवनदेखि दिक्क भई मृत्युको मुखमा पुग्दा यहि ठाउँले मलाई जोगायो । जीवनदेखि बैराग्य लागेको कुरा सार्वजनिक गर्न भन्दा आत्महत्याको बाटो रोजेको मलाई अरूण स्वामीको सन्यासले बचाएको छ । सन्यास पछीको जीवनले आँसु पुछेर हाँस्न सिकाएको छ, आत्महत्याको बाटो छोडेर, पिडा छोडेर आनन्दसँग बाँच्न सिकाएको छ । सन्यासले जीवनको उर्जा ल्यायो, जीवन बचायो, ओशोको बारेमा थाहा नपाउनेले भन्दा पनि ओशो सन्यासीले नै गुरूलाई बद्नाम गराउने काम गरिरहेका छन् । प्रत्येक दिन ६ वटा ध्यान हुने यस ओशो तपोवनमा जसले धेरैको जीवनमा रूपान्तरण गरेको छ । अरूको जीवनमा रूपान्तरण ल्याउन आफ्नो जीवनका सबै सुबिधा त्याग गरेका गुरुप्रति नमन छ । म भन्छु यस्तो पवित्र स्थानमा जीवनको अन्तिम सास पनि फेरू, भौतिक शरीर तपोबन मै छोडु ….!

सन्सारभरका आध्यात्मिक खोजिहरूको एक मात्र साधनाको केन्द्र तपोबनलाई जोगाइ सातै ओटा प्रदेशमा सुविधा सम्पन्न ओशो आश्रम निर्माणमा सरकारले सहयोग गरिदिनुपर्छ । साँच्चै देशको अग्रगामी बिकास चहाने हो भने यस्तो स्थलमा सरकारी सहयोग हुनुपर्छ । राज्यको विभिन्न सम्मानबाट सम्मानित तपोबनका आचार्य बोधिसत्व गुरू स्वामी आनन्द अरूणलाई संसारभर शान्तिको काममा धार्मिक अध्यात्मिक काममा देशबिदेश यात्रामा कठिनाई नदिनको लागि रातो पासपोर्ट दिएर राज्यले सम्मान दिनुपर्छ । तपोवन धार्मिक पर्यटन स्थललाई नेपाल सरकारले जोगाउन पर्छ । तपोबनलाई उचित संरक्षण दिनपर्छ, तपोवन संसार भरिको अध्यात्मिक केन्द्र हो तपोबन नेपालको गौरव हो ।