१ कार्तिक २०८३, आइतबार

एनआरएनएको तेश्रो अफ्रिका बैठक कम्पालामा हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम्पाला । गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका बैठक यही डिसेम्बर २९ – ३०, २०१८ मा पूर्वी अफ़्रिकी मुलुक युगान्डाको राजधानी शहर कम्पालामा सम्पन्न हुने भएको छ ।

अफ्रिकाका सत्र मुलुकमा रहेका राष्ट्रिय समन्वय समिति,अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरू र अन्य महादेशका एनआरएन नेतृत्वको पनि सहभागिता रहने बैठकको मूल विषय बिकासका अनुभवहरू एकआपसमा साट्दै हुनेछ ।

अफ़्रिकिन र अफ्रिकामा कार्यरत नेपाली विज्ञहरूले अफ़्रिकी विकास र त्यहा केही रास्ट्रहरूमा भैरहेको द्रुत गतिको आर्थिक विकासको अनुभवहरूबारे कार्यपत्र पेस गर्नेछन् ।

नेपाली श्रमिकहरूले अफ्रिकामा भोग्नु परिरहेका समस्याहरू, मानव तस्करी र अफ्रिकन पर्यटन उधोगका अनुभव र नेपालमा अफ़्रिकिन लगानीबारे बैठकमा कार्यपत्रहरू प्रस्तुत र छलफल हुने जानकारी एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिएका छन् ।

कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरूको बैठकमा उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रममन्त्रीमध्य एकलाई निमन्त्रणा गरिनेबारे छलफल चलिरहेको समेत बताएका छन् ।

बैठक एनआरएनए राष्ट्रिय समन्वय समिति युगान्डाको आतिथ्यमा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी संघका युगान्डा अध्यक्ष राजमणि भन्डारीले जनाएका छन् ।

बैठकका मुल कार्यक्रम लगायत अफ्रिकन र नेपाली कलाकारहरूले प्रस्तुत गर्ने सांस्कृतिक कार्यक्रम र नेपाली भाषा साहित्यमाथि गोष्ठि समेत कार्यक्रममा आयोजना गरिनेछ ।