-नगिन्द्र शाही
अहिले मुलुक रूपान्तरणको ऐतिहासिक मोडमा छ । सबै हिसाबले देशको शासन व्यवस्था परिर्वतन भएको छ । व्यवस्था परिर्वतनका निम्ति हुने गरेका राजनीतिक संघर्षका स्वरूपहरू नेपालमा प्रतिष्ठित सबै दलहरूले बदलेका छन् । अथवा सबैको ध्यान विकास निमार्णमा केन्द्रित छ साथै नेपालको बर्तमान राजनीति “सुखी नेपाली र सम्मृद्ध नेपाल” निमार्णकै नारामा घुमिराखेको छ । यो नेपालको अवस्था रूपान्तरणका निम्ति स्रोहै आना सकारात्मक कुरा हो ।
वास्तवमा, नेपालको इतिहासमा लामो समयको अन्र्तरालपछि विकास निमार्णका मुद्दाहरू बहसका विषय बनेका छन् । बहस जहाँ जसले जसरी जुन ठाउँमा जुन नियतले गरे पनि विगतका बहसहरू भन्दा नितान्त नयाँ ढंगबाट उठान हुने गरेका छन् । राजनीतिक दलदेखि पत्र पत्रिकाका आलेख हुन् वा टेलिभिजनको पर्दामा भइरहेका बहस, यी सबै हेर्दा सुन्दा नेपाली समाजको वर्ग संघर्षको रूप केही समयका लागि हिजोको भन्दा परिवर्तन भएको छ र त्यो बहस, संघर्षमा रूपान्तरण भएको छ ।

माक्र्सवादले भने झै अहिलेसम्मको विद्यमान समाजको इतिहास भनेकै वर्ग संघर्षको इतिहास हो । जहाँसम्म समाजमा वर्ग रहन्छन् त्यहाँ सम्म वर्ग संघर्ष पनि रहिरहन्छ । स्वभाविक नेपालमा विभिन्न वर्गहरू छन् ति सबै वर्गहरूको आफ्नै चरित्र, स्वभाव र स्वार्थ छ । आर्थिक आधार नै वर्ग विश्लेषणको प्रमुख आधार हुने भए पनि ति वर्गहरूको स्वार्थ पुतर््िा गर्ने माध्यम भनेकै राजनीतिक दलको माध्यमबाट हुने भएकाले समाजको विद्यमान चरित्र अनुसार संघर्षका रूपहरू तयार पारी समाज रूपान्तरणको दिशा निर्देश राजनीतिक दलबाट नै हुन्छ ।
०६२ र ०६३ को राजनीतिक क्रान्तिमा तत्कालिन सात राजनीतिक दलहरूको उद्देश्य व्यवस्था परिवर्तनको थियो र सबैको स्वार्थ मिलेका कारण त्यो क्रान्ति ७ दलको सहभागितामा सम्पन्न भयो । ०६४ र ०७० को संविधान सभाको निवार्चन हुदै नेपालको संविधान २०७२ को घोषणासम्मको राजनीतिक दलको सहकार्य, संघर्ष बहुपक्षीय थियो । दलहरूको तत्कालिन संघर्ष र सहकार्य संघियता, संविधान घोषणा र सत्ता जस्ता विषयहरू थिए । तर नेपालका दुई ठूला कम्युनिस्ट पार्टी तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीचको एकता र तिनै तहको निवार्चनको परिणाम पछि नेपालको राजनीतिक दुई धु्रवमा केन्द्रित हुन पुगेको छ ।
विशेष गरी कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार निमार्ण भए पश्चात् वर्तमान नेपालको राजनीतिक शक्ति सन्तुलन कम्युनिस्ट शक्तिहरू र बुर्जुवाशक्तिहरूबीचको शक्ति संघर्षमा रूपान्तरण भएको छ । देशमा अहिले कम्युनिस्ट पार्टी सरकार छ यो सरकार सफल हुँदा स्वभाविकै कम्युनिस्ट पार्टी सफल हुन्छ
परिणाम स्वरूप नेपालमा पहिलो शक्तिको रूपमा कम्युनिस्टहरू रहेका छन् भने जसले सामाजिक न्याय सहितको लोकतान्त्रिक शासन ब्यवस्था निमार्णका खातिर विद्यमान दलाल नौकरशाही पँुजीलाई निरूत्साहित गर्दै समाजवादी पुँजी निमार्णकालागि आधार तयार पार्न राज्यका निकायहरू बलिया बनाउदै लैजाने उदेश्य बोकेको कम्युनिस्ट क्रान्तिकारी पक्ष छ । अर्को पक्ष बुर्जुवा लोकतान्त्रिक छ जुन पक्षले दलाल नौकरशाही पुँजीको पक्ष पोषण गर्दछ, जसको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । विशेष गरी कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार निमार्ण भए पश्चात् वर्तमान नेपालको राजनीतिक शक्ति सन्तुलन कम्युनिस्ट शक्तिहरू र बुर्जुवाशक्तिहरूबीचको शक्ति संघर्षमा रूपान्तरण भएको छ । देशमा अहिले कम्युनिस्ट पार्टी सरकार छ यो सरकार सफल हुँदा स्वभाविकै कम्युनिस्ट पार्टी सफल हुन्छ । यो सरकार असफल हुँदा स्वभाविक बुर्जुवा लोकतन्त्रवादी सफल हुन्छन् । यो कुरा बुझेर नै पुँजीवादी पक्षधरहरूले सैद्धान्तिक रूपमै बहसलाई संघर्षको माध्यम बनाएर सरकारलाई प्रहार शुरू भएको छ । समसामयिक राजनीतिक हेर्दा पुँजीवादी पक्षधरहरूले आप्mनो धर्म बहुखुवि निर्वाह गरेको देखिन्छ ।
सरकारमाथि भएका यि सबै खाले प्रहारहरूलाइ वर्तमान सरकारले रामबाणको रूपमा प्रयोग हुने गरी उपयोग गर्न सक्नु पदर्छ । त्यसैगरी सबै नेकपाका नेताले तत्कालिन सोभियत संघबाट पाठ सिक्न जरूरी छ । सन् १९१७ अक्टोभर २६ मा स्थापना भएको सोभियत संघ र उसमाथिको पुँजीवादी राष्ट्रको घेराबन्दि सन् १९९१ सम्म अथवा सोभियत संघ विघटन नहुँदासम्म बर्करार थियो । पुँजीवादी व्यवस्था भनेकै प्रचार हो, प्रोपगाण्डा हो, बस्तुको नेचरमा होइन मेकअपमा विश्वास गर्ने व्यवस्था हो ।
त्यसैले यो व्यवस्था नेपालमा मात्र होइन विश्वमा धेरै टिकिराखेको छ । यही कारण पुँजीवादी ब्यवस्थाले समाजवाद हुदै साम्यवादमा संक्रमण भइरहेको तत्कालिन सोभियत संघको समेत आधार भत्काउन सफल भएको थियो । यी सबै घटनाहरूको वस्तुगत अध्यन गरेर नै जननेता मदन भण्डारी भन्नु भएको थियो, “पुँजीवादको टुप्पी जरैदेख उखेल्न पुँजिवादीहरूको व्यवस्था प्रयोग गर्दै, समाजवादी रसायनले जनतालाई सुसुचित गर्दै समाजवाद हँुदै साम्यवादमा संक्रमण गर्ने ।’’
मानव समाज सुरूवातदेखि नै वादविवाद, सम्वाद र प्रतिवादको थलो हो । जुन शक्तिले समाजको माग, आवश्यक्ता र मनोविज्ञानअनुसार विद्यमान समाजलाई परिचालन गर्न सक्षम हुन्छ, त्यो शक्ति नै लामो समय समाजमा स्थापित भएको पाइन्छ । नेपालको संविधान २०७२ को कर्यान्वयन, तीन तहका सरकारहरूको गठनपछि नेपाली समाजका माग, आवश्यक्ता र जनताको मनोविज्ञानमा व्यापक परिवर्तन भएको छ
अहिलेसम्म नेपालको राजनीतिक अवस्था ठिक जननेता मदन भण्डारीले भनेझैं भएको छ । समाजवाद विरोधि शक्तिहरूको बोलवाला देश विदेशमा जति सुकै भए पनि नेपालको संविधानको प्रस्तावनामै समाजवाद लेखिनु नेपालका सबै कम्युनिस्टका निम्ति उपलब्धिकै कुरा हो । त्यसैगरी व्यवस्था परिवर्तनको पहिलो ऐतिहासिक निवार्चनमा सबै तहका सरकारमा कम्युनिस्ट पार्टीले प्रचण्ड बहुमत प्राप्त गरी सत्ता संचालन गर्न पाउनु नेपालका कम्युनिस्टहरूका निम्ति यो ठूलो अवसर र चुनौतिको विषय हो ।
मानव समाज सुरूवातदेखि नै वादविवाद, सम्वाद र प्रतिवादको थलो हो । जुन शक्तिले समाजको माग, आवश्यक्ता र मनोविज्ञानअनुसार विद्यमान समाजलाई परिचालन गर्न सक्षम हुन्छ, त्यो शक्ति नै लामो समय समाजमा स्थापित भएको पाइन्छ । नेपालको संविधान २०७२ को कर्यान्वयन, तीन तहका सरकारहरूको गठनपछि नेपाली समाजका माग, आवश्यक्ता र जनताको मनोविज्ञानमा व्यापक परिवर्तन भएको छ । समाजको आवश्यक्ता परिपूर्ति गर्ने निकायहरूमा पनि व्यापक परिवर्तन हुन अनिर्वायता छ । विषयवस्तुको गाम्भिर्यता हेरर तत् विषयबस्तुको सही समयमा समाधान गर्न सक्नैपर्छ । खराब बस्तु सहि वस्तु भएको ठाउँमा राखी राख्ने हो भने राम्रो वस्तु पनि खराव हुने खतरा रहिरहन्छ । सही वस्तुको सही समयमा आवश्यक मुल्याकंन गरी किनारा लगाउनै पर्छ । पछिल्लो समयमा नेपालको राजनीतिक वृत्तमा नेकपा र
सरकारबारेमा दुई खाले बहसहरू उदेलित छन् । एकखाले बहसहरू आलोचनात्क भए पनि ति बहसहरूको अन्तर–सम्बन्ध नेपालको समृद्धि र विकाससँग जोडिएका छन् भने अर्को थरी बहसहरू सरकारको अन्ध आलोचना गर्ने, जनतामा भ्रम सिर्जना गर्ने र कम्युनिस्ट विरोधी माहौल निमार्ण गर्ने, समाजवादी यात्रा अबरोध गर्ने छन् । सारमा भन्दा वर्तमान नेपाली समाज सरकाररले अघि सारेको “सम्मृद्ध नेपाल ,सुखी नेपालीको नारालाई आधार मानी संघर्षको स्वरूप बहस–संघर्षमा परिवर्तन भएको छ ।
यो बहस संघर्ष कम्युनिस्ट शक्तिहरूकबीचमा र बुजुर्वा लोकतन्त्रिक शक्तिहरूबीच दुई धु्रवमा केन्द्रित भइराखेको छ । यसमा कसले कसरी श्रेष्ठता हासिल गर्छ भविष्यले निधारण गर्ने छ ।















प्रतिक्रिया