२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च न्युयोर्कको अध्यक्षमा देउजा, को-को आए कमिटीमा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Radhakrishna-Deuja-ONF_New_York_5

सूर्य थापा

न्युयोर्क । प्रवासी नेपाली मञ्च अमेरिकाको न्युयोर्क राज्य कमिटीको अध्यक्षमा राधाकृष्ण देउजा चयन हुनुभएको छ । गतबर्षदेखि अमेरिकामा स्थापना भएको मञ्चको आइतबार न्युयोर्कमा भएको भेलाले देउजाको नेतृत्वमा न्युयोर्क राज्य कमिटीको निर्माण गरेको हो ।

मञ्च अमेरिकाका अध्यक्ष सन्जय थापाको प्रमुख आतिथ्यता र एनआरएन अमेरिकाका अध्यक्ष खग्रेन्द्र क्षेत्रीको बिषेश आतिथ्यतामा सम्पन्न भेलामा अमेरिकाको बिभिन्न राज्यबाट प्रवासी नेपाली मन्चका नेता तथा कार्यकर्ताहरु न्युयोर्क आइपुगेका थिए ।

Radhakrishna-Deuja-ONF_New_York

मञ्चका महासचिव प्रभु थापाका अनुसार, दुई चरणमा सम्पन्न भएको भेलाले देउजाको अध्यक्षतामा १२ सदस्यीय कमिटीको निर्माण गरेको हो । सहमतिमा चयन भएको कमिटीको उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा अशोक कार्की, सहसचिबमा कृष्ण आचार्य, कोषाध्यक्षमा बिनोद पोखरेल रहनुभएको छ भने सदस्यहरुमा सोमेन्द्र रिन्जत, अर्जुन सिंह, जयराम खड्का, दीपक भट्टराई, सुनिता शर्मा, अमृत श्रेष्ठ र श्याम लामा रहनुभएको छ ।

Radhakrishna-Deuja-ONF_New_York1

काभ्रे स्थायी घर भएका नवनिर्वाचित अध्यक्ष देउजा नेपालमा रहँदा अनेरास्वियुको राजनीतिमा सकृय रहनुभएको थियो । हाल न्युयोर्कमा रहेर सुरक्षा बिषयमा अध्ययन गर्दै गरेका देउजाले आफूहरु अब न्युयोर्कमा रहेका अन्य नेपाली संघसंस्थासंग मिलेर नेपाली समुदायको हित र नेपालको परिर्बतनका पक्षमा आवाज उठाउने बताउनुभयो ।

Radhakrishna-Deuja-ONF_New_York2

कार्यक्रममा प्रमुख अतिथि सन्जय थापाले प्रवासी नेपाली मन्चमा नेपालमा रहंदा एमालेमा काम गरेका साथीहरुको बाहुल्यता रहे पनि आफूहरु एमालेको भातृसंगठन नभई सामाजिक संस्था भएको बताउनुभयो । अध्यक्ष थापाले आफूहरु सामाजिक संस्था भए पनि नेपालको परिबर्तन र नेपालीहरुको हितका लागि सदैब लागि रहने बताउदै प्रवासी नेपाली मन्च नेपालमा जातित राज्य हुनुहुँदैन भन्ने कुरामा अडिग रहेको बताउनुभयो ।

Radhakrishna-Deuja-ONF_New_York6

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बिषेश अतिथि एनआरएन अमेरिकाका अध्यक्ष खग्रेन्द्र क्षेत्रीले सबैलाई एनआरएनको सदस्यता लिन आग्रह गर्नुहुँदै एनआरएन अमेरिका सबै संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।