१ कार्तिक २०८३, शनिबार

डीसीमा धुलिखेल नगरपालिकाका नगर प्रमुखसंग अन्तरक्रिया

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार ब्याञ्जुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अन्तर्राष्ट्रिय विकास सँस्थाद्वारा आयोजना गरिएको विकेन्द्रीकरण, सुशासन, नेपालको आधारभूत विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख ब्याञ्जुसहित रोड्स बोर्डका कार्यकारी निर्देशक कृष्ण सिंह बस्नेत तथा सडक बिभागका शिव हरि सापकोटा समेतले सहभागिता जनाएका थिए ।

अमेरिकाको भ्रमणमा रहनु भएका नगर प्रमुख ब्याञ्जुले एक अन्तरक्रिया कार्यक्रममा धुलिखेललाई सत प्रतिशत साक्षरता गर्ने तथा बालश्रम मुक्त घोषणा गर्ने तयारीमा रहेको बताए ।

नेपाल नगरपालिका संघका अध्यक्ष समेत सहित रहेका अशोक ब्याञ्जुले नेपाल कृषिमा तरकारी, कुखुराको मासु, अन्डा आई इत्यादि बाहेक सबै कुरामा अन्य देशसंग निर्भर रहनुपर्ने बताए ।

आफ्ना भनाइहरु राख्दै अहिलेको स्थानीय सरकार भनेको नै ईतिहास कै सर्बाधिक रुपमा शक्तिशाली रहेको बताउदै उनले पहिले गाउँ पालिकामा ७–१० लाख बजेट हुने गरेको हाल १० करोडसम्मको बजेट रहने बताए ।