अमेरिका । आगामी जुन महिनामा हुन लागेको एनआरएन अमेरिकाको निर्बाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी सूर्य लम्सालले उम्मेदवारी घोषणा गरेका छन् ।
पेशाले इन्जिनियर रहेका लम्सालले आठ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेका छ । लम्सालको घोषणा पत्र यस्तो छ :
आदरणीय अमेरिकाबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु नमस्कार
म सूर्य लम्साल, आगामी जुन महिनामा हुन लागेको एनआरएन अमेरिकाको निर्बाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको कुरा यंहाहरु माझ फेरी पनि जानकारी गराउन चाहान्छु । नेपालको चितवन जिल्लामा जन्मेर बिगत १८ बर्ष देखि अमेरिकामा रहेर आफ्नो अध्यन तथा रोजगारीका क्रममा छु । लामो समय देखि अमेरिकामा रहेता पनि बिदेशमा रहेका नेपालीहरुका हरेक गतिबिधीहरुलाई नजिकबाट नियाल्दै र भोग्दै आएको छु । मेरो लामो बिदेशको बसाईको अनुभबबाट र हामी सबै नेपालीले भोगेका सामुहिक बिषयहरुलाई समाधान गर्दै मातृभुमीको हितका लागि केहि एजेण्डाहरु लिएर म यसपटक एनआरएन अमेरिकामा तपाईहरुको प्रतिनिधित्व गर्ने जमर्काे गरेको छु । मलाई पुर्ण रुपमा बिश्वास छ, यो पटकको निर्बाचनमा यंहाहरुको अमुल्य मत र बिश्वासका साथ एनआरएन अमेरिकामा मैले हामी सबैका सामुहिक मुद्धाहरुलाई उठाउन पाउने छुु । म अमेरिकामा रहेर इञ्जिनिअरिङग शिक्षामा स्नातकोत्तर हासिल गरि हाल न्युयोर्क राज्यको उर्जा क्षेत्रमा उच्च प्राबिधिक पदमा कार्यरत रहंदा पनि सदैब नेपाल र बिदेशमा रहेका हामी नेपालीका साझा मुद्धाहरुबाट टाढा भने रहेको छैन । त्यसैले मैले आफ्नो जिवनमा प्राप्त गरेका शिक्षा र प्राविधीक ज्ञानका साथै लामो समयसम्म अमेरिकामा पढेका, देखेका, सिकेका, गरेका र बुझेका कुराहरु बोकेर म एनआरएन अमेरिकामा जाने सोंचका साथ तपाइहरुको साथ मागेको हुं । इञ्जिनियरिङग सीप, ज्ञान र अविस्कारलाई आफ्नो मातृभूमिको माटोमा उपयोग गर्न सकिन्छ कि भनेर मैले बिभिन्न तवरबाट एक्लो कोसिस गर्दै आएको थिएं । मैले तपाई र हामी सबैका साझा एजेण्डा बोकेर एनआरएन अमेरिकामा अहिले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।
किन उपाध्यक्ष ?
एनआरएन अमेरिकाको बिधानमा उल्लेखित उम्मेदवारहरु मध्ये उपाध्यक्षको कार्यक्षेत्र संग मेरो अनुभव, योग्यता र क्षमता मिलेकोले यस पदमा उम्मेदवारी दिएको हुँ । यो पदमा रहेर मैले एनआरएन अमेरिकामा आफ्नो प्राविधीक ज्ञान र सीपका साथै यस संग सरोकार राख्ने अन्य संघ संस्थाका बीच बिभिन्न कार्यक्रमहरु बनाउन नेतृत्वदायी भुमिका खेल्नेछु । मैले उपाध्यक्षको रुपमा एनआरएन अमेरिकाले दिने हरेक जिम्मेवारीलाई प्राथमीकताका साथ अगाडि बढाउने छु ।
मेरा एजेण्डाहरु
१. अमेरिकामा लगभग ३ लाख नेपाली रहेको अनुमान गरिएको भए पनि एनआरएन अमेरिकामा हाल सम्म लगभग ४ हजार मात्र सदस्य रहेकोले बिभिन्न राज्यमा रहेका नेपाली माझ एनआरएनको सदस्यता बितरण गर्नुका साथै युवाबर्गमा समेत लोक प्रिय बनाउने पहल गर्नेछु । मैले एनआरएन अमेरिकाको सदस्यता सहुलियत दरमा उपलब्ध गराउनुका साथै बिभिन्न राज्यमा नियमीत कार्यक्रमहरु गराउन पहल गर्ने छु ।
२. हालसम्म एनआरएन अमेरिकाको स्थायी कार्यालय नभएकोले कार्यालय निर्माणका लागि योजना निर्माण गर्न पहल गर्नेछु । मैले आफ्नो क्षमता प्रयोग गर्दै प्रारम्भिक ईन्जिनियरिगं प्रतिवेदन आफैले निशुल्क तयार पार्नेछु ।
३. बिदेशमा रहेका नेपालीहरुले आर्जन गरेको क्षमता र सिपलाई नेपालमा उपयोग गर्ने योजनाका साथ नेपालमा सामुहिक लगानिका लागि बिभिन्न योजनाहरु निर्माण गर्नका लागि एनआरएन आईसीसीसंगको सहकार्यमा काम गर्नेछु ।
४. अमेरिकामा रहेका नेपालीहरुको सहयोगमा नेपालका बिभिन्न बिकट स्थानमा रहेका गांउहरुमा शिक्षा प्रदान गर्न बिभिन्न कार्यक्रमहरु सन्चालन गर्नेछु ।
५. नेपाली कला, संस्कृति, भाषा तथा साहित्यलाई प्रबद्धन गर्नका लागि अमेरिकामा बिभिन्न कार्यक्रमहरु बनाउन सहयोगी बन्नेछु ।
६. “एक पटक को नेपाली, संधै को नेपाली“ भन्ने कुरालाई अहिलेको संबिधानमा उल्लेख गराउन मैले हाम्रो समितीसंग सहयात्री बनेर आफ्नो स्थानबाट सक्दो पहल गर्नुका साथै दोहोरो कर हटाउने र नेपालमा एनआरएनका अधिकारका बारेमा पनि प्रत्यक्ष रुपमा काउन्सिललाई सहयोग गर्नेछु ।
७. एनआरएनए आइसीसीसंग मिलेर अमेरिका बाट नेपालमा दक्ष जनशक्ती, प्रविधी तथा ज्ञान र सीपलाई नेपाल पठाउनको लागि अध्यन शुरु गर्नेछु ।
८. नेपालका बिभिन्न पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै अमेरिकाबाट धेरै भन्दा धेरै पर्यटक नेपालमा लैजानको लागि सरोकारवाला क्षेत्रसंग सहकार्य गरेर काम गर्नेछु ।
माथिका योजना बाहेक मैले इमान्दारिताका साथ एनआरएन अमेरिकाको समितिले उपाध्यक्षका रुपमा प्रदान गर्ने हरेक जिम्मेवारीहरु पुरा गर्न अहोरात्र खट्नेछु । एनआरएन अमेरिकालाई संसारका अन्य एनआरएन भन्दा उदाहरणिय बनाउनका लागि सामुहिक रुपमा लाग्नेछु ।
धन्यवाद
सुर्य (साल) लम्साल, प्रोफेशनल ईन्जीनियर
एनआरएन अमेरिकाको उपाध्यक्षका उम्मेदवार
न्युयोर्क, अमेरिका














प्रतिक्रिया