१ कार्तिक २०८३, शनिबार

अमेरिकाको भर्जिनियामा चक्र बास्तोलाको सम्झना

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकाको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.रामशरण महत लगायतले भर्जिनियामा आयोजना गरिएको श्रद्धाञ्जलि सभामा स्वर्गीय चक्रप्रसाद बास्तोलाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

बास्तोलाको हालै भएको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसंपर्क समिति अमेरिका भर्जिनिया च्याप्टरद्वारा गत अक्टोबर २५ का दिन श्रद्धाञ्जलि सभाको आयोजना गरिएको थियो ।

श्रद्धाञ्जलि सभा कार्यक्रममा नेपाली कांग्रेसका नेता डा.महत र कांग्रेस नेता रेवतीप्रसाद भुषालले चक्रप्रसाद बास्तोलाको व्यक्तित्व र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनको योगदानमा अहम भूमिका रहेको बताए ।

बास्तोलासँग ५० वर्ष अगाडि भेट भएको स्मरण गर्दै डा.महतले पार्टी संगठन तथा सरकारमा रहँदा गरिएका कार्यहरूको सम्झना गरे । नेपाली कांग्रेसले एक कर्मठ निर्भिक र बुद्धिजीवी कार्यकर्ता गुमाएको उनले बताए ।

कार्यक्रममा नेजसस अमेरिकाका उपसभापति केशव बराल, एनआरएन भर्जिनियाका सभापति गोविन्द सुवेदी, एनआरएन सल्लहकार अर्जुन सिग्देल, वरिष्ठ साहित्यकार हरि अधिकारी, दधि ढुंगाना, कृष्ण भण्डारी, मुक्तिनाथ पन्त, भरत रेग्मी, तोया पौडेल, भरत बाराइली, सुरेश अधिकारी, डा.श्याम थापा, राम मिश्र, यम कोइराला, सन्चारकर्मी विश्वराज थापा लगायतले बास्तोलाको व्यक्तित्व र प्रजातान्त्रिक आन्दोलनमा भएको उनको योगदानको बारेमा चर्चा गरेका थिए ।