पाराग्वे, ९ कात्तिक । पाराग्वेमा चोरहरूले अनौठो ढंगले चोरी गरेका छन् । उनीहरूले प्रहरीको मुख्यालबाट ४२ थान शक्तिशाली राइफल चोरेर त्यसको ठाउँमा खेलौना राइफल राखिदिएका छन् ।
मुख्यालय जाँचका क्रममा प्रहरी अधिकृतहरूले युद्धमा प्रयोग हुने एफएन एफएएल राइफलका ठाउँमा काठ तथा प्लास्टिकका राइफल फेला पारेका हुन् ।
एक वर्षअघि मुख्यालयका गोलीगठ्ठा कालोबजारीमा १० हजार डलरमा बिक्री भएको खुलासा भएपछि प्रहरी अधिकारीले अनुसन्धान गरेका थिए । ती राइफललाई भण्डारण कक्षमा राखिएको थियो । चोरिएका सामग्रीहरूमध्ये केहीलाई अर्जेन्टिना र ब्राजिलमा तस्करी गरिएको थियो ।
पाराग्वेबाट गैरकानूनी ढंगले तस्करी भएका दर्जनौँ हतियार जफत भएको ब्राजिलले बताउँदै आएको छ । पाराग्वेका सञ्चारमाध्यमहरूले चोरिएका राइफलका सट्टा प्लास्टिक र काठका नक्कली राइफलको तस्बिर सार्वजनिक गर्दै सो घटनालाई पाराग्वेको प्रहरी इतिहासमा नै लज्जास्पद भनेको छ । प्रहरीले ती चोरले साटेका नक्कली हतियारको सट्टा नयाँ हतियार राखेको छ ।
हतियार कालोबजारीमा बिक्री भएको भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । हतियारको जिम्मा लिएका प्रहरी अधिकारीलाई बर्खास्त गरिए पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । एजेन्सी















प्रतिक्रिया