काठमाडौँ, १२ माघ । नेपाल मेडिकल व्यवसायी सङ्घले बायोमेट्रिक प्रणाली खारेज गर्नुपर्ने माग गरेको छ ।
सो सङ्घले यहाँ सोमबार पत्रकार सम्मेलन गरी पछिल्लो पटक चर्चाको शिखरमा रहेको बेस्टिनेटको बायोमेट्रिक मेडिकलले अनेक बहानामा जनतालाई ठग्ने काम गरेको भन्दै तत्काल खारेज गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेको छ ।
सङ्घका अध्यक्ष शम्शेर नेपालीले भन्नुभयो,–“बायोमेट्रिक भनेको स्वास्थ्य परीक्षण होइन, मेडिकल साइन्सको कुनै पनि डिक्सनेरीमा यसको अर्थ भेटिन्न, यसको स्वास्थ्य परीक्षणमा, रोगको निदान गर्नमा र रोगको उपचार तथा नियन्त्रणमा कुनै भूमिका रहँदैन, त्यसैले तत्काल खारेज गरिनुपर्छ ।”














प्रतिक्रिया