जापान । जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेकी तुलासीदेवी बस्नेतको मृत्यु भएको छ ।
गल्कोट नगरपालिका वार्ड नं. ७ मल्म स्थायी घर भै बिगत लामो समयदेखि जापानमा बस्दै आएकी बस्नेत एक्कासि बेहोस हुँदा उपचारका क्रममा मृत्यु भएको हो । लोक बस्नेतकी पत्नी तुलसी ५० वर्षकी थिइन् ।
हृदयघातका कारण तुलसीको मृत्यु भएको चिकित्सकहरूले बताएका छन् । तुलसीका २ छोरा र १ छोरी छन् । उनीहरू पनि जापानमा नै छन् ।















प्रतिक्रिया