१ कार्तिक २०८३, आइतबार

थाइल्याण्ड जाने तेक्वान्दो टोलीको बिदाइ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ कात्तिक । थाइल्याण्डमा हुने आठौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालबाट सहभागि हुने खेलाडी टोलीको मंगलबार बिदाइ गरिएको छ ।

यही कात्तिक ९ र १० गते हुने उक्त च्याम्पियनसीपमा ग्यरोगी र पुम्से विधामा नेपालका ५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उक्त च्याम्पियनसीपका लागि दुई अफिसियलसहित ६० सदस्यीय नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै नेपाल तेक्वोन्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले बिदाइ गर्नुभयो । रोशन खान र प्रकाशराज भण्डारीको नेतृत्वमा रहेको टोली भोलि बिहान थाइल्याण्ड प्रस्थान गर्नेछ । –रासस