काठमाडौं, ६ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)का मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा ‘आरके’ कतारमा पक्राउ परेका छन् । शर्मालाई चार दिनअघि कतारको प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेको एनआरएनए स्रोतले जानकारी दिएको छ ।
पक्राउको कारण खुल्न सकेको छैन् । एनआरएनए स्रोतका अनुसार, सादा पोशाकका प्रहरीले शर्मालाई उनको निवास मुर्रा अल्फर्डन गार्डनबाट पक्राउ गरेको हो ।
पक्राउ परेका शर्मालाई कसैसँग पनि भेट्न नदिएपछि एनआरनएले उनको रिहाइका लागि पहल थालेको बताइएको छ । उनका भाई युवराजले भने चार दिनदेखि दाईको अवस्था अज्ञात भए पनि प्रहरीले नै पक्राउ गरेको यकिन नभएको दैनिक नेपाललाई बताए ।















प्रतिक्रिया